कार्तिक ६, २०८३ शुक्रबार October 23, 2026

आचारसंहिता उल्लङ्घन नगर्न आग्रह

आगामी फागुन ४ गतेदेखि मात्र जुलुस, आमसभा, कोणसभा, घरदैलो कार्यक्रम तथा सञ्चारमाध्यममार्फत प्रचारप्रसार गर्न आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

कञ्चनपुर। जिल्ला प्रशासन कार्यालयले निर्वाचन आचारसंहिता उल्लङ्घन नगर्न राजनीतिक दल, उम्मेदवार तथा सरोकार भएका सबैलाई आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले मङ्गलबार एक सूचना जारी गरी निर्वाचन आयोगले लागू गरेको आचारसंहिताको उल्लङ्घन भएको गुनासो प्राप्त भएकाले सम्बद्ध सबैलाई सचेत गराइएको जनाउँदै आगामी फागुन ४ गतेदेखि मात्र जुलुस, आमसभा, कोणसभा, घरदैलो कार्यक्रम तथा सञ्चारमाध्यममार्फत प्रचारप्रसार गर्न आग्रह गरेको छ ।

सूचनामा जुलुस वा आमसभामा सहभागी हुने व्यक्तिले दल वा उम्मेदवारको निर्वाचन चिह्न अङ्कित कपडा, टोपी, टिसर्ट, ज्याकेट, ब्याच, मास्क, लकेट, झोला वा स्टिकर प्रयोग गर्न नपाइने, सार्वजनिकस्थल, निजी घरजग्गा, सडकको भित्ता, पोल वा सार्वजनिक भवनमा दलको झण्डा र चुनाव चिह्न टाँस्न वा राख्न निषेध गरिएको जनाइएको छ ।

सूचनाअनुसार निर्वाचन अधिकृतको अनुमति लिएर आयोगले तोकेको मापदण्डअनुसार सीमित सङ्ख्यामा सवारीसाधन चलाउन पाइने र विदेशी नम्बर प्लेटका सवारी प्रयोग गर्न पाइने छैन । निर्वाचन आचारसंहिता, २०८२ को दफा ४८ आकर्षित भएमा उम्मेदवारी रद्द हुनेसम्मको सजायको व्यवस्था रहेकाले आचारसंहिता उल्लङ्घन नगर्न र कतै उल्लङ्घन भएको देखिएमा अनुगमन अधिकृतलाई जानकारी गराउन जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणमा अनुरोध पनि गरेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
क्षतिग्रस्त सडकको पुनर्निर्माण र सुरक्षित आवास छिट्टै हुन्छ : मन्त्री लम्साल
२०८३ कार्तिक ६, शुक्रबार
नारायणी कटान नियन्त्रण र माडीका समस्या समाधानमा मन्त्री गौतमको चासो
२०८३ कार्तिक ६, शुक्रबार
भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य सम्मेलनको रौनक
२०८३ कार्तिक ६, शुक्रबार
International Day of the Snow Leopard: Climate change reducing this big cat’s habitat
२०८३ कार्तिक ६, शुक्रबार
साउदीमा एक नेपालीको मृत्युप्रति एमालेद्वारा दुःख व्यक्त
२०८३ कार्तिक ६, शुक्रबार
पोखरा–दुबई उडान : एक महिनामा छ हजारभन्दा बढी यात्रुले लिए सेवा
२०८३ कार्तिक ६, शुक्रबार
पाकिस्तानका कप्तान फरहानले कर्णाली याक्सबाट एनपिएल खेल्ने
२०८३ कार्तिक ६, शुक्रबार