श्रावण ९, २०८३ शनिबार July 25, 2026

आजदेखि ‘रमिताको पिरती’ र ‘कुमारी’ प्रदर्शनमा

‘रमिताको पिरती’ लाई निर्माण पक्षले ‘ब्रेकअप स्टोरी’ भनेर प्रचारप्रसार गर्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २३ माघः आजदेखि दुई नयाँ नेपाली चलचित्र ‘रमिताको पिरती’ र ‘कुमारी’ प्रदर्शनमा आएका छन् । प्रणय दिवसलाई लक्षित गर्दै आजदेखि दुई चलचित्र प्रदर्शनमा आएका हुन् ।

प्रणय दिवसलाई लक्षित गरी प्रदर्शन भएका दुवै चलचित्र प्रेमकथामा आधारित भए पनि ‘रमिताको पिरती’ लाई निर्माण पक्षले ‘ब्रेकअप स्टोरी’ भनेर प्रचारप्रसार गरिरहेको छ । उक्त चलचित्रकी निर्देशक सुदिप्ताका अनुसार चलचित्रमा रमिता नामक पात्रको ‘ब्रेकअप’ भएपछिको कथालाई देखाइएको छ ।

उहाँले भन्नुभयो, “नेपालमा यस्तो विषयमा चलचित्र बनेको छैन जस्तो लाग्छ । यो एउटा युवतीले प्रेममा ‘ब्रेकअप’ भएपछि के गर्छिन् वा साचो प्रेम खोज्दा आउने परिस्थितिमा आधारित रहेर तयार गरिएको चलचित्र हो । मलाई यस्तै कथामा चलचित्र तयार गर्नु थियो, यसको कथासँग अहिलेको नवपुस्ताले जोडिएको महसुस गर्छन् जस्तो लाग्छ ।”

उहाँले चलचित्रको कथा ‘रमिता’ नामक पात्रकै वरिपरि घुम्ने बताउनुभयो । चलचित्रमा ‘रमिता’ को भूमिका अभिनेत्री आना शर्माले निर्वाह गर्नुभएको छ । यस चलचित्रमा उहाँसँगै गायनमा स्थापित हुनुभएका गायक समीर श्रेष्ठ अभिनेताका रूपमा प्रस्तुत हुनुभएको छ । उक्त चलचित्रमा धीरज मगर, विनय श्रेष्ठ, गौमाया गुरुङ, पशुपति राई, रेनु योगीत, थिन्ले लामोलगायतका कलाकारले अभिनय गर्नुभएको छ ।

आजदेखि प्रदर्शन भएको चलचित्र ‘कुमारी’ मार्फत दुई अनुहार अविशेक खड्का र आकृति राजभण्डारीले अभिनयको सुरुआत गर्नुभएको छ । उक्त चलचित्र ‘जेनजी पुस्ता’ को प्रेम कथामा तयार भएको निर्देशक दिनेश राउतले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “नयाँ पुस्तालाई चलचित्र भवनमा आकर्षित गर्न उहाँहरूको कथा उहाँकै उमेर समूहका कलाकारमार्फत प्रस्तुत गर्नुपर्छ भन्ने लागेर चलचित्र तयार गरेका छौँ । चलचित्रमा मनोरञ्जनसँगै सामाजिक सन्देशलाई समेत स्थान दिइएको छ । नयाँ पुस्ताको प्रेममा देखिने भावनात्मक सम्बन्धलाई पर्दामा प्रस्तुत गरेको छु ।”

चलचित्रमा घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनीषा शर्मा, भूपी लुहारलगायत कलाकारले अभिनय गर्नुभएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भरतपुर अस्पतालद्वारा एक वर्षमा तीन हजार युनिट रगत सङ्कलन
२०८३ श्रावण ९, शनिबार
अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयकले लोपोन्मुख सम्पदाको जगेर्ना गर्नेछ : सभामुख अर्याल
२०८३ श्रावण ९, शनिबार
कालीगण्डकी तटमा एक सय आठ तुलसी रोपण
२०८३ श्रावण ९, शनिबार
डा. गोविन्द केसी अस्पताल भर्ना, उपचारमा कमी हुन नदिन स्वास्थ्यमन्त्रीको निर्देशन
२०८३ श्रावण ९, शनिबार
कृषि विश्वविद्यालयले १० जना विदेशी विद्यार्थी भर्ना लिने
२०८३ श्रावण ९, शनिबार
सात लाख बढी घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ
२०८३ श्रावण ९, शनिबार
समाजमा रक्तदानको संस्कार विकास गर्नुपर्छ : सभामुख यादव
२०८३ श्रावण ९, शनिबार