फागुण २, २०८२ शनिबार February 14, 2026

प्रतीक्षित सुपरहिरो फिल्म ‘क्रिश–४’ अनिश्चितकालका लागि स्थगित

ऋतिक रोशन अब बजेट अनुरूप स्क्रिप्टमा परिवर्तन गरेर क्रिश- ४ मा पुन: केन्द्रित गर्न अन्य स्टुडियोहरूसँग वार्तामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं, २५ माघ । बलिउडको सबैभन्दा लोकप्रिय सुपरहिरो फ्रान्चाइज क्रिसको चौथो सिरिज क्रिश- ४ को निर्माण स्थगित भएको छ । फिल्मको तयारी लामो समयदेखि भएपनि अब भने निर्माण स्थगित भएको छ ।

बलिउड हंगामाको रिपोर्ट अनुसार, फिल्म अचानक स्थगित गरिएको छ । यस फिल्मको बजेटमा विवाद भएका कारण निर्माण स्थगित भएको बताइएको छ । ऋतिक रोशन  क्रिश- ४ को निर्माण लगभग ५०० करोड भारुको बजेटमा बनाउन चाहन्थे, तर यशराज फिल्मका आदित्य चोपडा र उनको टिमले बजेटको सिमा ३५० मात्र तय गरेपछि असमझदारी बढेको रिपोर्टमा उल्लेख छ ।

क्रिस-४ मा यसराजले ठुलो लगानी गर्नबाट पछि हट्नुमा ऋतिकको पछिल्लो फिल्म वार-२ ले अपेक्षा अनुसार कमाई गर्न नसक्नुलाई पनि हेरिएको छ । ३२५ करोडमा निर्माण गरिएको वार- २ ले भारतमा केवल २३५ करोड मात्र कमाई गरेको थियो ।

यस विवादका कारण, फिल्मलाई हालको लागि स्थगित गरिएको छ । ऋतिक रोशन अब बजेट अनुरूप स्क्रिप्टमा परिवर्तन गरेर क्रिश- ४ मा पुन: केन्द्रित गर्न अन्य स्टुडियोहरूसँग वार्तामा रहेको बताइएको छ ।

पहिलो क्रिश (२००६) र क्रिश ३ (२०१३) ले दर्शकहरूलाई आकर्षित गरेको थियो त्यसैले अर्को किस्ता ब्लकबस्टर हुने अपेक्षा गरिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया