भाद्र ३, २०८३ बुधबार August 19, 2026

‘ब्रेकअप’ पछिको कथामा ‘रमिताको पिरती’

चलचित्र आगामी माघ २३ गतेदेखि प्रदर्शन हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १५ माघ । नेपाली चलचित्र ‘रमिताको पिरती’ ‘ब्रेकअप स्टोरी’ मा तयार भएको निर्देशक सुदिप्ताले बताएका छन् । चलचित्रको श्रव्यदृश्य (ट्रेलर) सार्वजनिक भएपछि बुधबार नेपाल चलचित्र क्याम्पसमा आयोजना गरिएको पत्रकार सम्मेलनमा निर्देशक सुदिप्ताले चलचित्रमा रमिता नामक पात्रको ‘ब्रेकअप’ भएपछिको कथालाई देखाइएको बताए ।

उनले भने, “नेपालमा यस्तो विषयमा चलचित्र बनेको छैन जस्तो लाग्छ । यो एउटा युवतीले प्रेममा ‘ब्रेकअप’ भएपछि के गर्छिन् वा साचो प्रेम खोज्दा आउने परिस्थितिमा आधारित रहेर तयार गरिएको हो । मलाई यस्तै कथामा चलचित्र तयार गर्नु थियो, यसको कथासँग अहिलेको नव पुस्ताले जोडिएको महसुस गर्छन् जस्तो लाग्छ ।”

निर्देशक सुदिप्ताले चलचित्रको कथा ‘रमिता’ नामक पात्रकै वरिपरि घुम्ने बताए । चलचित्रमा ‘रमिता’ को भूमिका अभिनेत्री आना शर्माले निर्वाह गरेकी छिन् । यस चलचित्रमा उनी अभिनयसँगै कार्यकारी निर्मात्रीका रूपमा पनि छिन् ।

“मैले महिला केन्द्रित पहिलो चलचित्रमा काम गर्दैछु । यसको कथासँग अपनत्व महसुस गरेकीले नै कार्यकारी निर्मात्रीका रुपमा जोडिएकी हुँ । हामीले चलचित्रमा नयाँ कथालाई स्थान दिने ऊर्जावान् समूहसँग मिलेर काम गरेमा मात्र नयाँ विषय र चलचित्रकर्मीको आगमन हुन्छ । यो चलचित्र नियमितभन्दा फरक भन्ने तथ्यलाई यसको सार्वजनिक प्रचार सामग्रीले पनि प्रस्ट्याउँछ,” अभिनेत्री शर्माले भनिन् ।

यसै चलचित्रमार्फत गायनमा स्थापित भएका गायक समीर श्रेष्ठ अभिनेताका रूपमा प्रस्तुत भएको छ । प्रायः आफ्नै गीतको श्रव्यदृश्य (म्युजिक भिडिओ) मा देखिने गायक श्रेष्ठले यसपटक अभिनेताको नयाँ परिचय थपेका छन् ।

उनले भने, “मैले अभिनय गर्ने सोच बनाएको थिएँ, तर सही समय र पटकथा पाउन सकेको थिइनँ । मलाई अभिनेता बन्ने प्रस्ताव आउँदा पहिलो कुरा टोली राम्रो लाग्यो अनि विषयवस्तु पनि । सबै कुरा भने जस्तो भएपछि किन पर्खिने भनेर अभिनय यात्रा प्रारम्भ गरेको हुँ ।”

श्रेष्ठले आगामी समयमा गायन र अभिनयलाई सँगै अगाडि बढाउने बताए । उक्त चलचित्रमा धीरज मगर, विनय श्रेष्ठ, गौमाया गुरुङ, पशुपति राई, रेनु योगित, थिन्ले लामोलगायत कलाकारले पनि अभिनय गरेका छन् । चलचित्रको पटकथा निर्देशक सुदिप्ताले नै तयार पारेका हुन् भने शिशिर विशङ्खेले छायाङ्कन, सुनिल सिवाकोटीले सम्पादन र कृतिका बरालले नृत्य निर्देशन गरेका छन् । उक्त चलचित्र आगामी माघ २३ गतेदेखि प्रदर्शन हुने निर्माण पक्षले जानकारी दिएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कानुनको अधिनमा रहेर व्यावसायिक प्रतिस्पर्धा गर्नुपर्छ : मन्त्री डा. तिमिल्सिना
२०८३ भाद्र २, मंगलबार
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन
२०८३ भाद्र २, मंगलबार
इन्डोनेसियामा भूकम्प, १२ हजारभन्दा बढी विस्थापित
२०८३ भाद्र २, मंगलबार
ओलीका ‘घरबेटी’ किरण थापा बागमतीको मुख्यमन्त्रीका उम्मेदवार
२०८३ भाद्र २, मंगलबार
श्रीलङ्कामा न्यायिक सुधार विवादमा
२०८३ भाद्र २, मंगलबार
काँग्रेसको १५ औं महाधिवेशन कार्यतालिका सार्वजनिक
२०८३ भाद्र २, मंगलबार
सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु
२०८३ भाद्र २, मंगलबार