श्रावण १०, २०८३ आइतबार July 26, 2026

वरिष्ठ कलाकार सुनिल थापाको निधन

स्व. सुनिल थापाको निधनको खबरसँगै नेपाली चलचित्र क्षेत्र शोकमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ। नेपाली चलचित्र क्षेत्रका वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ। चलचित्रमा ‘राते काँइला’ नामले परिचित थापाको शनिबार बिहान काठमाडौँको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

शंखमुलस्थित एक अपार्टमेन्टमा बसोबास गर्दै आएका थापा लामो समयदेखि स्वास्थ्य समस्याबाट पीडित रहनुभएको बताइएको छ। उहाँको निधनको खबरसँगै नेपाली चलचित्र क्षेत्र शोकमा डुबेको छ।

सुनिल थापा नेपाली चलचित्रमा खलनायक भूमिकाका लागि विशेष रूपमा चर्चित हुनुहुन्थ्यो। उहाँले नेपालीसँगै केही भारतीय चलचित्रहरूमा समेत अभिनय गर्नुभएको थियो। फरक शैलीको अभिनय, कडा संवाद र प्रभावशाली उपस्थितिका कारण उहाँ दर्शकमाझ ‘राते काँइला’को नामले लोकप्रिय हुनुहुन्थ्यो।

थापाले दशकौँसम्म नेपाली फिल्म उद्योगमा योगदान दिँदै थुप्रै स्मरणीय चलचित्रमा अभिनय गर्नुभएको थियो। उहाँको अभिनय यात्राले नेपाली चलचित्रमा खलनायक चरित्रलाई छुट्टै उचाइ दिएको मानिन्छ।

उहाँको निधनप्रति चलचित्रकर्मी, कलाकार, निर्देशक तथा शुभेच्छुकहरूले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्। थापाको अन्तिम संस्कार र पार्थिव शरीर व्यवस्थापनबारे परिवारले थप जानकारी दिने बताइएको छ।

स्व. सुनिल थापाको निधनले नेपाली चलचित्र क्षेत्रले एक अनुभवी र प्रभावशाली कलाकार गुमाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भरतपुर अस्पतालद्वारा एक वर्षमा तीन हजार युनिट रगत सङ्कलन
२०८३ श्रावण ९, शनिबार
अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयकले लोपोन्मुख सम्पदाको जगेर्ना गर्नेछ : सभामुख अर्याल
२०८३ श्रावण ९, शनिबार
कालीगण्डकी तटमा एक सय आठ तुलसी रोपण
२०८३ श्रावण ९, शनिबार
डा. गोविन्द केसी अस्पताल भर्ना, उपचारमा कमी हुन नदिन स्वास्थ्यमन्त्रीको निर्देशन
२०८३ श्रावण ९, शनिबार
कृषि विश्वविद्यालयले १० जना विदेशी विद्यार्थी भर्ना लिने
२०८३ श्रावण ९, शनिबार
सात लाख बढी घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ
२०८३ श्रावण ९, शनिबार
समाजमा रक्तदानको संस्कार विकास गर्नुपर्छ : सभामुख यादव
२०८३ श्रावण ९, शनिबार