कार्तिक २५, २०८३ बुधबार November 11, 2026

दुर्गा प्रसाईंलाई हाजिर जमानीमा रिहा गर्ने तयारी

दुर्गा प्रसाईं पुनः हाजिर जमानीमा छुट्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय गरिएको छ । नेपाल प्रहरीको साइबर ब्युरोले प्रसाईंलाई रिहा गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ ।

साइबर ब्युरोका एक अधिकृतका अनुसार आवश्यक कानुनी प्रक्रिया पूरा भएपछि प्रसाईंलाई हाजिर जमानीमा रिहा गरिनेछ । उनलाई गत शुक्रबार नेपाल प्रहरीले काठमाडौँको चाल्नाखेल क्षेत्रबाट पक्राउ गरेको थियो । उनीमाथि निर्वाचन विरोधी गतिविधि गरेको आरोप लगाइएको थियो ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक समेत रहेका प्रसाईं यसअघि पनि सार्वजनिक शान्ति विरुद्धको कसुरमा गत माघ ५ गते पोखराबाट पक्राउ परेका थिए । त्यसपछि उनी माघ ६ गते हाजिर जमानीमा रिहा भएका थिए ।

प्रहरीका अनुसार यस विषयमा थप अनुसन्धान जारी रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया