काठमाडौं, २६ माघ । मन्त्रिपरिषद् बैठक सुरू भएको छ । प्रधानमन्त्रीको अध्यक्षतामा सिंहदरबारस्थित मन्त्रिपरिषद् कक्षमा नियमित रूपमा बस्ने यो बैठक केहीबेर अघि सुरू भएको हो ।
बैठकमा समसामयिक राजनीतिक अवस्था, आर्थिक तथा प्रशासनिक विषय, विभिन्न मन्त्रालयका प्रस्ताव, नीतिगत निर्णयहरू र चालु आर्थिक वर्षका कार्यक्रमहरूको कार्यान्वयन अवस्थाबारे छलफल हुने बताइएको छ । साथै, केही महत्त्वपूर्ण नियुक्ति, विधेयक तथा नीतिगत निर्णयहरू पनि आजको बैठकबाट टुंगो लाग्ने सम्भावना रहेको स्रोतले जनाएको छ ।
बैठकका निर्णयहरू बैठक सम्पन्न भएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत औपचारिक रूपमा सार्वजनिक गरिनेछ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया