कार्तिक १३, २०८३ शुक्रबार October 30, 2026

देशको सार्वभौमसत्ता र अखण्डताको रक्षामा नेपाली सेना को अहम् भूमिका : प्रदेश प्रमुख मियाँ

राष्ट्रिय सुरक्षाको मेरुदण्डका रूपमा नेपाली सेनाले निरन्तर जिम्मेवारी निर्वाह गर्दै आएको उल्लेख

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

कैलाली । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले देशको सार्वभौमसत्ता र अखण्डताको रक्षामा नेपाली सेना को अहम् भूमिका रहेको बताएका छन् ।

नेपाली सेना दिवसका अवसरमा धनगढीमा आयोजित एकता दौड कार्यक्रममा प्रदेश प्रमुख मियाँले राष्ट्रिय सुरक्षाको मेरुदण्डका रूपमा नेपाली सेनाले निरन्तर जिम्मेवारी निर्वाह गर्दै आएको उल्लेख गरेका थिए । राष्ट्रमा आइपर्ने विभिन्न सङ्कट, विपद् तथा चुनौतीका समयमा सेनाले जनधनको सुरक्षा र शान्ति–सुव्यवस्था कायम गर्न प्रभावकारी भूमिका खेलेको उनको भनाइ थियो ।

प्रदेश प्रमुख मियाँले नेपाली सेना जनताको विश्वास, राष्ट्रको ढाल र गौरवको प्रतीक रहेको समेत उल्लेख गरेका थिए ।‘जनतालाई नै केन्द्रबिन्दुमा राखेर राष्ट्रका कुनाकाप्चामा जनहितको कार्य गर्दै आएको छ’, उनले भने, ‘आफ्नो ज्यानको परवाह नगरी जनरक्षाका लागि नेपाली सेना निरन्तर खटिरहेको छ । ’
सुरक्षित राष्ट्रको भावनालाई आत्मसात् गर्दै प्रदेश स्तरमा आयोजना गरिएको एकता दौडले सुदूरपश्चिम प्रदेशका जनतालाई नेपाली सेनाको बारेमा अझै नजिकबाट जान्ने बुझ्ने अवसर प्रदान गरेको मियाँको भनाइ थियो ।उनले एकता दौड केवल मनोरञ्जनमात्र नभई राष्ट्रिय एकताको प्रतीक रहेको उल्लेख गरेका थिए । यसले जनतालाई एकसाथ अघि बढ्ने प्रेरणा दिएको प्रदेश प्रमुख मियाँले बताए ।

सुदूरपश्चिम पृतना हेडक्वाटर तेघरी ब्यारेकको आयोजना गरिएको कार्यक्रममा पृतनापति किरण केसीले स्वागत गर्दै एकता दौडबारे प्रकाश पारेका थिए । छात्रछात्राको ५ किलोमिटर र १० किलोमिटर दौड प्रतियोगिता प्रथम, दोस्रो र तेस्रो भएका सहभागीहरूलाई नगदसहित सम्मान समेत गरिएको थियो ।

उद्घाटन कार्यक्रममा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरासिंह सार्की , भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापा , धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल , उपप्रमुख कन्दकला राना , सुदूरपश्चिम प्रदेशका मुख्यन्याधिवक्ता ठेकेन्द्रराज जोशी लगायतको उपस्थिति रहेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
काठमाडौंका यी स्थानमा आज साढे पाँच घण्टा लोडसेडिङ्ग
२०८३ कार्तिक १३, शुक्रबार
ब्राजिलमा लुलाको पुनरागमन, चुनावी नतिजालाई लिएर ट्रम्पको आलोचना
२०८३ कार्तिक १३, शुक्रबार
Nepal comes up with four proposals for dealing with mountain crises, 53 nations back them
२०८३ कार्तिक १३, शुक्रबार
काठमाडौं उपत्यकामा मासु पसल र बधशालाको मापदण्ड लागू गर्न कार्यदल परिचालन
२०८३ कार्तिक १३, शुक्रबार
नेपाल र बङ्गलादेशको एलडिसी स्तरोन्नतिको तयारी अवधि थप
२०८३ कार्तिक १३, शुक्रबार
सुनको मूल्यमा ठूलो गिरावट, चाँदी पनि तोलामा १०५ रुपैयाँले सस्तियो
२०८३ कार्तिक १३, शुक्रबार
‘अर्नब’को प्रभावः कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको यात्रा प्रभावित
२०८३ कार्तिक १३, शुक्रबार