असार १३, २०८३ शनिबार June 27, 2026

प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथको दर्शन

देशवासीको सुख, शान्ति र समृद्धिको कामना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । महाशिवरात्रि पर्वका अवसरमा प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान पशुपतिनाथ मन्दिर पुगेर विशेष पूजा–आराधना तथा दर्शन गर्नुभएको छ। प्रधानमन्त्री कार्कीले भगवान् शिवको आराधना गर्दै देशवासीको सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

महाशिवरात्रिका दिन पशुपतिनाथ क्षेत्रमा बिहानैदेखि श्रद्धालुहरूको भीड लागेको छ। सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्वयंसेवक परिचालन गरिएका छन् भने दर्शन व्यवस्थापनका लागि विशेष तयारी गरिएको छ।

यसै अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हाले पनि पशुपतिनाथको दर्शन गरी पूजा–आराधना गर्नुभएको छ। उहाँले महाशिवरात्रि पर्वले धार्मिक सहिष्णुता, सद्भाव र एकताको सन्देश दिने बताउँदै पर्वलाई सभ्य र मर्यादित रूपमा मनाउन आग्रह गर्नुभएको थियो।

त्यस्तै, काठमाडौँ महानगरपालिकाका कार्यवाहक नगर प्रमुख सुनिता डङ्गोलले पनि पशुपतिनाथ मन्दिर पुगेर पूजा–आराधना गर्नुभएको छ। उहाँले शिवरात्रि पर्वले समाजमा सकारात्मक ऊर्जा र आपसी सद्भाव बढाउने विश्वास व्यक्त गर्नुभयो।

महाशिवरात्रि पर्वका अवसरमा पशुपति क्षेत्रमा देश–विदेशबाट आएका हजारौँ श्रद्धालुले भगवान् शिवको दर्शन गरी पूजा–आराधना गरेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया