कार्तिक २४, २०८३ मंगलबार November 10, 2026

तीन दिन सार्वजनिक बिदा दिन सिफारिस

अघिल्ला निर्वाचनहरूमा मतदानको दिन मात्र सार्वजनिक बिदा दिने प्रचलन रहेकामा यसपटक व्यापक सहभागिता बढाउन तीन दिन बिदा प्रस्ताव

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं। निर्वाचनमा मतदाताको उत्साहजनक सहभागिता सुनिश्चित गर्ने उद्देश्यले निर्वाचन आयोगले फागुन २० देखि २२ गतेसम्म सार्वजनिक बिदा दिन सरकारसमक्ष सिफारिस गरेको छ।

आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले सरकारले उक्त सिफारिस स्वीकार गर्ने विश्वास व्यक्त गरेका छन्।

अघिल्ला निर्वाचनहरूमा मतदानको दिन मात्र सार्वजनिक बिदा दिने प्रचलन रहेकामा यसपटक व्यापक सहभागिता बढाउन तीन दिन बिदा प्रस्ताव गरिएको हो।

भट्टराईका अनुसार अतिरिक्त बिदाले विभिन्न स्थानमा रहेका मतदातालाई आफ्नो मतदान केन्द्रसम्म पुग्न सहज वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया