असार ११, २०८३ बिहिबार June 25, 2026

लायन्स डिष्ट्रिक्ट ३२५ के नेपालको द्धितिय गभर्नर पदमा हसन गोपालीको उम्मेद्वारी

हसन गोपालीलाइ पिआइडी, पिडिजी, आइपिडिजी लगायत लायन्स लिडरहरुको समर्थन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पोखरा । लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ के (एमडी ३२५), नेपालमा लायन वर्ष २०२६/२७ का लागि द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नर पदमा उम्मेदवारी घोषणा तथा मनोनयन कार्यक्रम व्यापक र उत्साहजनक उपस्थितिका बीच सम्पन्न भएको छ।

May be an image of dais and textडिष्ट्रिक्ट ३२५ के का वर्तमान डिस्ट्रिक्ट एडमिनिस्ट्रेटर तथा लायन्स क्लब अफ काठमाण्डौं नयाँबजारका संस्थापक अध्यक्ष लायन हसन कुमार गोपालीले बुधबार पोखरा–९, संगम मार्गस्थित माछापुच्छ्रे बैंकेटमा आयोजित विशेष समारोहमा निर्वाचन मनोनयन समितिका अध्यक्ष टोपबहादुर थापा समक्ष औपचारिक रूपमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्।

कार्यक्रम लायन्स क्लब अफ काठमाडौँ नयाँबजारका अध्यक्ष उत्सव श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो भने डिस्ट्रिक्ट को- चिफ एडभाइजर शेखर कार्कीले कार्यक्रम सञ्चालन गरेका थिए। आइडियल प्रमुख सुरेन्द्रबाबु श्रेष्ठ, जिल्ला को–चिफ एडभाइजर मीनराज काफ्ले, डिस्ट्रिक्ट सिनियर एडभाइजरद्वय दुर्गाबहादुर कुँवर र सागर डङ्गोल लगायत लायन्स लिडरहरूले शुभकामना ब्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्ने अधिकांश लिडरहरूले गोपालीको लामो समयदेखिको लायन्सप्रतिको समर्पण, प्रशासनिक अनुभव र समन्वयकारी नेतृत्व शैलीको प्रशंसा गर्दै उनलाई शुभकामना तथा अग्रिम बधाई व्यक्त गरेका थिए। उपस्थित लायन्स सदस्यहरूको उल्लेखनीय सहभागिताले कार्यक्रमलाई अझ भव्य र ऊर्जावान बनाएको थियो।

गोपालीले “स्वतन्त्रता, बुद्धिमत्ता, हाम्रो राष्ट्रको सुरक्षा, सेवा र सेवक नेतृत्वका लागि मतदान गरौँ” भन्ने अभियान नारासहित उम्मेदवारी घोषणा गरेका छन्। उनले लायन्स अभियानलाई थप प्रभावकारी, पारदर्शी र परिणाममुखी बनाउने प्रतिवद्धता व्यक्त गर्दै सामाजिक सेवा विस्तार, युवा नेतृत्व विकास, क्लब सुदृढीकरण र सामुदायिक सशक्तीकरणलाई प्राथमिकतामा राख्ने बताएका छन्।

उनको उम्मेदवारीलाई बागमतीका, धौलागिरी तथा गण्डकीका शतप्रतिशत क्लबका प्रतिनिधिहरूले समर्थन जनाएको जानकारी दिइएको छ। यसलाई डिष्ट्रिक्टभित्र व्यापक सहमति, विश्वास र एकताको संकेतका रूपमा हेरिएको छ।

आगामी वैशाख १२ गते नेपाल पुलिस क्लब, भृकुटीमण्डप काठमाडौँमा आयोजना हुने डिष्ट्रिक्ट ३२५ के नेपालको चौथो डिष्ट्रिक्ट कन्भेन्सनमा द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नर पदका लागि निर्वाचन हुने तय भएको छ। सोही कन्भेन्सनलाई लक्षित गर्दै गोपालीले आफ्नो पहिलो औपचारिक उम्मेदवारी प्रस्तुत गरेका हुन्।

May be an image of one or more people and people smilingलायन्स अन्तर्राष्ट्रियको मूलमन्त्र “We Serve” लाई आत्मसात् गर्दै सेवाभाव, समन्वय, पारदर्शिता र सेवक नेतृत्वमार्फत डिष्ट्रिक्टलाई अझ सशक्त, संगठित र परिणाममुखी बनाउने लक्ष्यका साथ आफू अघि बढेको गोपालीले उल्लेख गरेका छन्। व्यापक सहभागिता र सकारात्मक माहोलबीच सम्पन्न मनोनयन कार्यक्रमले आगामी निर्वाचनलाई थप रोचक र प्रतिस्पर्धात्मक बनाउने संकेत गरेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया