बैसाख १७, २०८३ बिहिबार April 30, 2026

प्रधानमन्त्री कार्की र नेपालका लागि चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता

राजदूत चाङको कार्यकालमा नेपाल–चीन मित्रवत् सम्बन्ध, सहकार्य र साझेदारी नयाँ उचाइमा पुग्ने प्रम कार्कीको विश्वास

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङबीच भेटवार्ता भएको छ।

शुक्रबार चिनियाँ राजदूत चाङले प्रधानमन्त्री कार्कीसँग सिंहदरबारमा भेटवार्ता गरेका हुन्। उनी केही दिनअघि मात्रै राजदूत नियुक्त भएर नेपाल आएका थिए ।

प्रधानमन्त्री कार्की र चिनियाँ राजदूत चाङबीचको भेटवार्तामा दुई देशको आपसी सम्बन्धका विषयमा छलफल भएको जनाइएको छ। भेटका क्रममा प्रधानमन्त्री कार्कीले कार्यकालको सफलताको शुभकामना दिएकी छन्। उनले राजदूत चाङको कार्यकालमा नेपाल–चीन मित्रवत् सम्बन्ध, सहकार्य र साझेदारी नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरेकी छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया