भाद्र ३०, २०८३ मंगलबार September 15, 2026

गोबिन्दबहादुर कार्कीलाई नयाँ मुख्य सचिवमा नियुक्त गर्ने सरकारको निर्णय

सार्वजनिक प्रशासनलाई प्रभावकारी बनाउने तथा सरकारी नीतिको कार्यान्वयनमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने जिम्मेवारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, २४ असार । बालेन्द्र शाह नेतृत्वको सरकारले वरिष्ठ प्रशासक गोविन्दबहादुर कार्की लाई नेपाल सरकारको मुख्यसचिव नियुक्त गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको हो।

सरकारका प्रवक्तासमेत रहेका शिक्षा मन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै कार्कीलाई मुख्यसचिव नियुक्त गरिएको जानकारी दिए। उनका अनुसार प्रशासनिक नेतृत्वलाई थप प्रभावकारी, उत्तरदायी र परिणाममुखी बनाउने उद्देश्यका साथ सरकारले उक्त निर्णय गरेको हो।

नवनियुक्त मुख्यसचिव कार्की यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव का रूपमा कार्यरत थिए। लामो समय निजामती प्रशासनमा काम गरेका कार्कीले विभिन्न मन्त्रालय तथा सरकारी निकायमा सचिव र उच्च प्रशासनिक जिम्मेवारी सम्हालिसकेका छन्।

मुख्यसचिव नेपाल सरकारको निजामती प्रशासनको सर्वोच्च पद हो। मुख्यसचिवले मन्त्रालयहरूबीच समन्वय गर्ने, मन्त्रिपरिषद्का निर्णय कार्यान्वयनमा सहजीकरण गर्ने, सार्वजनिक प्रशासनलाई प्रभावकारी बनाउने तथा सरकारी नीतिको कार्यान्वयनमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने जिम्मेवारी पाउँछन्।

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सभामुख र प्रमुख प्रतिपक्षी दलका नेताबीच भेटवार्ता
२०८३ भाद्र ३०, मंगलबार
प्रतिनिधिसभाः बाढीमा हराएका व्यक्तिका परिवारको ‘डिएनए’ परीक्षण प्रतिवेदन कहिले आउँछ ?
२०८३ भाद्र ३०, मंगलबार
माङसेबुङमा उद्यान सहित राष्ट्रिय विभूति फाल्गुनन्दको सालिक राखिने
२०८३ भाद्र ३०, मंगलबार
आँधीखोलामा स्नान गर्नेक्रममा खोलाले बगाउँदा महिलाको मृत्यु
२०८३ भाद्र ३०, मंगलबार
गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम
२०८३ भाद्र ३०, मंगलबार
मेलाबाट उठेको रकम पर्यटनमा लगानी
२०८३ भाद्र ३०, मंगलबार
कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
२०८३ भाद्र ३०, मंगलबार