बैसाख १५, २०८३ मंगलबार April 28, 2026

प्रधानमन्त्री कार्कीद्धारा राष्ट्रको नाममा सम्बोधन सहित गरिन् स्वच्छ र भयरहित निर्वाचनको प्रतिबद्धता

नेपालीको सुरक्षामा कुनै कमी हुन नदिने प्रधानमन्त्रीको प्रतिवद्धता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उत्साहपूर्वक सहभागी हुन सम्पूर्ण नेपाली नागरिकलाई आव्हान गरेकी छन्। राष्ट्रका नाममा विशेष सम्बोधन गर्दै उनले मतदानलाई लोकतन्त्र सुदृढ गर्ने सबैभन्दा प्रभावकारी माध्यमका रूपमा व्याख्या गरिन्।

प्रधानमन्त्री कार्कीले ‘जेन–जी’ आन्दोलनपछिको कठिन राजनीतिक अवस्थाको स्मरण गर्दै देशलाई हिंसात्मक मोडबाट शान्तिपूर्ण राजनीतिक निकासतर्फ फर्काउन सफल भएको उल्लेख गरिन्। संविधान र विधिको शासनको मार्गमा देश पुनः स्थिरतर्फ उन्मुख भएको बताउँदै उनले यस यात्रामा जनताको संयमता र सहकार्य निर्णायक रहेको धारणा व्यक्त गरिन्।

‘मैले जिम्मेवारी सम्हाल्दाको परिस्थिति जटिल थियो, तर जनताको संयम र सहकार्यले आज हामी विधिको शासन स्थापित गर्दै स्थिरताको बाटोमा आइपुगेका छौँ,’ उनले सम्बोधनमा भनिन्।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित बनाउन सरकार तथा निर्वाचन आयोग पूर्ण प्रतिबद्ध रहेको प्रधानमन्त्रीले विश्वस्त पारिन्। चुनावी प्रतिस्पर्धामा रहेका सबै राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारलाई धन्यवाद दिँदै उनले मौन अवधिमा पूर्ण अनुशासन पालना गर्न र प्रचारप्रसारका क्रममा संयमित तथा सम्मानजनक व्यवहार गर्न आग्रह गरिन्।

सामाजिक सञ्जाल र विभिन्न मिडिया प्लेटफर्ममार्फत तथ्यहीन, कृत्रिम सामग्री तथा भ्रामक भविष्यवाणी फैलाएर चुनावी वातावरण धमिल्याउने प्रयासप्रति सरकारले निगरानी बढाएको उनले बताइन्। त्यस्ता गतिविधिमा संलग्न जो–कोहीलाई कानुनी दायरामा ल्याइने स्पष्ट पार्दै दण्डहीनतालाई कुनै हालतमा प्रश्रय नदिने चेतावनी दिइन्।

त्यसैगरी, इरान तथा मध्यपूर्वी क्षेत्रमा बढ्दो युद्धको संकटप्रति चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री कार्कीले त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षालाई उच्च प्राथमिकतामा राखिएको जानकारी दिइन्। परराष्ट्र मन्त्रालयमार्फत सघन अनुगमन भइरहेको र आवश्यक परे उद्धार तथा समन्वयका लागि तयारी अवस्थामा रहेको उनले बताइन्।

आफ्नो नेतृत्वलाई मातृभूमिप्रतिको जिम्मेवारीका रूपमा उल्लेख गर्दै उनले केही दिनमै देशको बागडोर जनताबाट निर्वाचित प्रतिनिधिहरूको हातमा जाने बताइन्। लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउन सबै नागरिकलाई मताधिकार प्रयोग गर्न पुनः अपिल गर्दै उनले शान्तिपूर्ण, मर्यादित र सफल निर्वाचनले देशलाई राजनीतिक स्थायित्व र समृद्धिको मार्गमा अघि बढाउने विश्वास व्यक्त गरिन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
युरोपेली युनियनको नविन प्रतिवन्दको प्रतिक्रीयामा रूसद्वारा ईयु अधिकारीलाई रूसी क्षेत्र प्रवेश प्रति वन्द जारी
२०८३ बैसाख १५, मंगलबार
संसद् स्थगित गर्दै अध्यादेश सिफारिस गर्ने सरकारी कदमप्रति कांग्रेसको आपत्ति
२०८३ बैसाख १५, मंगलबार
फेसबुक मोनिटाइजेसनमा नेपालीलाई सशक्त बनाउँदै एमडिआर टिम
२०८३ बैसाख १५, मंगलबार
कानुन विपरीतका सवारी साधन फिर्ता लिने प्रक्रिया सुरु
२०८३ बैसाख १५, मंगलबार
युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी
२०८३ बैसाख १५, मंगलबार
कर्णाली प्रदेशसभाको आठौँ अधिवेशन आह्वानका लागि सिफारिस
२०८३ बैसाख १५, मंगलबार
गर्मी बढेसँगै शुक्लाफाँटामा सुक्न थाले ताल
२०८३ बैसाख १५, मंगलबार