बैसाख १९, २०८३ शनिबार May 2, 2026

नवनिर्वाचित राष्ट्रिय सभाका सांसदहरूको शपथ फागुन २५ गते हुने

औपचारिक वा आफ्नो पहिचान झल्कने पोसाक अनिवार्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । राष्ट्रिय सभामा नवनिर्वाचित सदस्यको शपथ फागुन २५ गते हुने भएको छ। सङ्घीय संसद् सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेय फागुन २५ गते कानून, न्याय तथा मानव अधिकार समितिको हल, सिंहदरबारमा शपथ कार्यक्रम हुने बताए।

उनका अनुसार नवनिर्वाचित सांसदहरूको शपथ दिनको २ बजे हुनेछ। शपथ कार्यक्रममा एक घण्टा अगावै औपचारिक वा आफ्नो पहिचान झल्कने पोसाकमा निर्वाचन आयोगबाट प्राप्त राष्ट्रिय सभा सदस्य पदको प्रमाणपत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि एक-एकप्रति सहित उपस्थिति हुन आग्रह गरेका छन्।

सूचनामा भनिएको छ, ‘नेपाली भाषा बाहेक आफ्नो मातृभाषामा शपथ लिन चाहनुहुने सदस्यले राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६८ को उपदफा ९२० बमोजिम शपथको व्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी सो अनुवादको एक प्रति २०८२ साल फागुन २४ आइतबारसम्म सङ्घीय संसद् सचिवालयमा उपलब्ध गराउनुहुन समेत अनुरोध गर्दछु।’

राष्ट्रिय सभाको निर्वाचन गत माघ ११ गते भएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया