कार्तिक २४, २०८३ मंगलबार November 10, 2026

अर्थमन्त्री रामेश्वर खनालले फिर्ता गरे कूटनीतिक राहदानी

प्रयोग अवधि सकिएपछि खनालले फिर्ता गरे रातो पासपोर्ट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले आफूलाई उपलब्ध गराइएको कूटनीतिक राहदानी फिर्ता गरेका छन्।

मंगलबार एक सूचना जारी गर्दै खनालले आफ्नो नाममा जारी गरिएको कूटनीतिक राहदानी नम्बर DA 0002710 को प्रयोजन समाप्त भएकाले फिर्ता गरिएको जानकारी दिएका हुन्।

उनलाई अर्थमन्त्रीको हैसियतमा प्रयोग गर्न दिइएको उक्त राहदानी सम्बन्धित प्रक्रियाअनुसार फिर्ता गरिएको उनले जनाएका छन्।

खनालले राहदानी अर्थ मन्त्रालयमार्फत परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागमा फिर्ता पठाइएको जानकारी दिएका छन्।

सरकारी पदमा रहेका उच्च पदाधिकारीलाई पदको आधारमा कूटनीतिक राहदानी उपलब्ध गराइने व्यवस्था छ। पदसँग सम्बन्धित जिम्मेवारी समाप्त भएपछि त्यस्ता राहदानी फिर्ता गर्ने प्रचलन रहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया