कार्तिक २४, २०८३ मंगलबार November 10, 2026

समानुपातिकतर्फ एक करोड ७ लाख २० हजार मत गणना

काँग्रेसले १७ लाख ४५ हजार ९७४ मत पाँउदा नेकपा (एमाले)ले १४ लाख मात्रै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, २७ फागुनः समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड ७ लाख २० हजार ५६७ मत गणना भएको छ ।

निर्वाचन आयोगले उपलब्ध गराएको बुधबार बिहानको विवरणअनुसार, राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी अर्थात् ५१ लाख २९ हजार ६१९ मत प्राप्त गरेको छ ।

नेपाली काँग्रेसले १७ लाख ४५ हजार ९७४, नेकपा (एमाले)ले १४ लाख ४७ हजार ६६४, नेपाली कम्युनिष्ट पार्टीले आठ लाख ०२ हजार ७४३, श्रम संस्कृति पार्टीले तीन लाख ७८ हजार ४७८, राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख २९ हजार १९७ मत प्राप्त गरेको छ ।

जनता समाजवादी पार्टी नेपालले एक लाख ७४ हजार ३०५, राष्ट्रिय परिवर्तन पार्टीले एक लाख ७१ हजार ४४४ ,जनमत पार्टीले ७८ हजार ९२७ मत प्राप्त गरेको छ । मतगणना जारी छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया