असोज २८, २०८३ बुधबार October 14, 2026

शुक्ला–लालझाडी–जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

शुक्लाफाँटामा बाघको आहारा प्रजातिको घवत्व वढी भएका कारण यहाँ बाघको सङ्ख्या उलेख्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

दोधारा चाँदनी (कञ्चनपुर), २६ फागुन : कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जअन्तर्गत शुक्लाफाँटा–लालझाडी–जोगबुढा कम्प्लेक्समा मङ्गलबारदेखि बाघको गणना सुरु भएको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले क्यामेरा ट्रयापिङ विधिबाट राष्ट्रिय बाघ गणना सुरु भएको बताउनुभयो । उहाँका अनुसार प्रत्येक चार वर्षमा राष्ट्रिय बाघ गणना गरिँदै आएको छ । क्यामेरा ट्रयापिङ विधिबाट पाँचौँ पटक बाघ गणना गर्न लागिएको उक्त कम्प्लेक्समा १५ दिनसम्म सर्वेक्षण गरिनेछ ।

निकुञ्जका अनुसार बाघ हिँडडुल गर्ने क्षेत्रको पहिचान गरी बाटोको दायाँ–बायाँ स्वचालित क्यामरा जडान गरिएको छ । संरक्षण अधिकृत वाग्लेले भन्नुभयो, “त्यहीँ फोटोको आधारमा बाघ गणना गरिन्छ, क्यामेराले खिचेको बाघको पाटा अर्को बाघसँग मेल खाँदैन ।”

उहाँका अनुसार शुक्लाफाँटामा बाघ गणनाका लागि ७७ जनाको प्राविधिक टोली खटिएको छ । त्यसैगरी आवश्यक भएको हात्तिसमेत परिचालन गरिनेछ । “यहाँ ११ वटा क्याम्पमा छुट्याएर जनशक्ति परिचालन गरिएको छ, २६० ग्रिडमा ५२० स्वचालित क्यामेरा जडान गरिएको छ”, उहाँले भन्नुभयो। “एक ग्रिडमा एक जोडी क्यामेरा जडान गरिन्छ ।” निकुञ्जका अनुसार डडेल्धुराको आलितालमा २३ ग्रिड, शुक्लाफाँटाको बनखेडामा २३, वेदकोटमा २१, चिर्किट्टेमा १९, डाँडाजाइमा ३६, दोमिल्लामा ३१, कालिकिचमा २६, कुवा डाँडामा २३, नौलामा १६, शुक्लामा २३ र तिकेनीमा १९ ग्रिडमा क्यामेरा जडान गरिएको छ ।

शुक्लाफाँटामा सन् २०२२ को राष्ट्रिय गणनाअनुसार ३६ वटा बाघ रहेकोमा निकुञ्जको आन्तरिक सर्वेक्षणमा ४३ वटा बाघ छन् । पछिल्लो समय राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्यामा उल्लेख्य रुपमा वृद्धि भएको छ । थोरै क्षेत्रफल भए पनि शुक्लाफाँटामा बाघको आहारा प्रजातिको घवत्व वढी भएका कारण यहाँ बाघको सङ्ख्या उलेख्य रुपमा बढेको संरक्षण अधिकृतहरु बताउँछन ।

३०५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा मुलुकमै थोरै क्षेत्रफलमा धेरै बाघ भएको निकुञ्जले परिचित छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
२०८३ असोज २८, बुधबार
दसौँ राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेशको तयारी सुरु
२०८३ असोज २८, बुधबार
नेपाली कांग्रेस खुला केन्द्रीय सदस्यको मतगणनामा चिरिबाबु महर्जनको अग्रता
२०८३ असोज २८, बुधबार
कांग्रेस सहमहामन्त्री आदिवासी जनजातितर्फ बहादुरसिंह लामा १,७९९ मतले अगाडि
२०८३ असोज २८, बुधबार
नेपालगञ्ज म्याराथनको १२औँ संस्करण मङ्सिर १२ गते
२०८३ असोज २८, बुधबार
रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार
२०८३ असोज २८, बुधबार
आज (बुधबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक
२०८३ असोज २८, बुधबार