असोज २८, २०८३ बुधबार October 14, 2026

सामूहिक कुटपिटका घटनामा आठ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा

पक्राउ परेका यादवलाई म्याद थप गरी हिरासतमा राखेर प्रहरीले अनुसन्धान सुरु गर्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

चन्द्रपुर (रौतहट)। यहाँको फतुवा विजयपुर नगरपालिका–५ सन्तपुरस्थित दलित (चमार) टोलमा यही फागुन १९ गते दुई महिलासहित छ जनामाथि सामूहिक रुपमा कुटपिट गरेको घटनामा संलग्नलाई प्रहरीले आठ जना विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको छ।

पीडित बिर्जाराम चमारको उजुरीका आधारमा आज उक्त घटनामा संलग्न रहेको आरोपमा उनीहरु विरुद्ध मुद्दा दर्ता भएको इलाका प्रहरी कार्यालय विजयपुर लक्ष्मीनियाका प्रहरी निरीक्षक सुरेन्द्र यादवले जानकारी दिनुभयो। उहाँका अनुसार घटनामा संलग्न भनिएका पसिन्द्र यादवलाई पक्राउ गरिएको छ।

अन्य आरोपीको खोजी जारी रहेको प्रहरी निरीक्षक यादवले जानकारी दिनुभयो। पक्राउ परेका यादवलाई इलाका प्रहरी कार्यालय विजयपुर लक्ष्मीनियाले सात दिनको म्याद थप गरी हिरासतमा राखेर प्रहरीले अनुसन्धान सुरु गरेको छ।

गत फागुन १९ गते होली मनाउने क्रममा सामान्य भनाभनपछि स्थानीय भुनेश्वर यादवसहितको समूहले लाठी–भाटा लिएर साँझ बिर्जाराम चमारको घरमै प्रवेश गरी कुटपिट गरेको पीडित पक्षको आरोप छ। सो क्रममा घरभित्र रहेका श्रीमती, छोरीसहित ६ जनामाथि निर्घात कुटपिट गर्नुका साथै घरका सामान तोडफोड गरिएको र दुईवटा मोबाइलसमेत फोडिएको पीडित बिर्जाराम चमारले बताए।

कुटपिटबाट बिर्जाराम चमारको ढाड र घाँटीमा चोट लागेको छ, भने उनकी श्रीमती गायत्रीदेवी रामको शरीरभरि निलडाम परेको छ। चमारको छोरा राजकुमार रामको टाउकोमा चोट लागेको छ, भने सुब्बा रामकी १६ वर्षीया छोरीको टाउको फुटेको बताइएको छ। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
२०८३ असोज २८, बुधबार
दसौँ राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेशको तयारी सुरु
२०८३ असोज २८, बुधबार
नेपाली कांग्रेस खुला केन्द्रीय सदस्यको मतगणनामा चिरिबाबु महर्जनको अग्रता
२०८३ असोज २८, बुधबार
कांग्रेस सहमहामन्त्री आदिवासी जनजातितर्फ बहादुरसिंह लामा १,७९९ मतले अगाडि
२०८३ असोज २८, बुधबार
नेपालगञ्ज म्याराथनको १२औँ संस्करण मङ्सिर १२ गते
२०८३ असोज २८, बुधबार
रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार
२०८३ असोज २८, बुधबार
आज (बुधबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक
२०८३ असोज २८, बुधबार