असोज २८, २०८३ बुधबार October 14, 2026

बर्दिवासमा खानेपानीको पहुँच हुँदा स्थानीयवासी हर्षित

उपभोक्ता संस्थाले जडान गरेको धाराबाट पाँच हजार ९९८ परिवारले पानी सुविधा लिँदै आएका छन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

जलेश्वर (महोत्तरी), १ चैत : महोत्तरीको बर्दिवास नगरपालिकाका चारवटा वडामा खानेपानीको पहुच पुगेको छ । बर्दिवास १, २, ३ र १४ मा लामो समयदेखि खानेपानीको समस्या थियो ।

अहिले घरघरमा खानेपानीको धारा जडान भएको बर्दिवास ३ का आशा कुमारीले बताउनुभयो । बर्दिवास– १४ का विक्रम महतोले भन्नुभयो,“पहिला इनारको पानी खानुपथ्र्यो । त्यो पनि हिउँद लागेपछि विस्तारै पानीको सतह घटदै जाँदा चैत, वैशाखमा धमिलो पानी खान बाध्य थियौँ । अहिले धारा जडान भएपछि पानीको सङ्कट हटेको छ ।

बर्दिवास साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले जडान गरेको धाराबाट पाँच हजार ९९८ परिवारले पानी सुविधा लिँदै आएका छन् । बर्दिवासको चुरेमा खानेपानीका तीन मुहान छन् । जुन चुरेको रातु खोलाको दहमा पर्छ । बर्दिवासको मूल सहरी क्षेत्रका वडामा दैनिक सात लाख लिटर खानेपानीको माग हुन्छ ।

हिउँद लागेपछि उपभोक्ताको माग धान्न खानेपानी समितिलाई समस्या हुने गरेको छ । रातु खोलाको सुनारमरे दहमा त्यसको मुहान छ । अहिले त्यो मुहान पनि खोला उत्खननले जोखिममा छ ।

दिनानुदिन बर्दिवासमा जनसङख्या बढ्दो छ भने पिउने पानीको मुहान घट्दो अवस्थामा छ । तर पनि आफूहरूले बर्दिवासवासीलाई खानेपानी खुवाउनका लागि दिनरात तत्पर रहने गरेको साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष भुलन सेन ठकुरीले बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाली कांग्रेस खुला केन्द्रीय सदस्यको मतगणनामा चिरिबाबु महर्जनको अग्रता
२०८३ असोज २८, बुधबार
कांग्रेस सहमहामन्त्री आदिवासी जनजातितर्फ बहादुरसिंह लामा १,७९९ मतले अगाडि
२०८३ असोज २८, बुधबार
नेपालगञ्ज म्याराथनको १२औँ संस्करण मङ्सिर १२ गते
२०८३ असोज २८, बुधबार
रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार
२०८३ असोज २८, बुधबार
आज (बुधबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक
२०८३ असोज २८, बुधबार
विवादित अडियोले तानिए सांसद खगेन्द्र सुनार, छानबिन नसकिएसम्म औपचारिक कार्यक्रममा रोक
२०८३ असोज २८, बुधबार
गगनसामु अवसरसँगै चुनौतीका चाङ : धर्मेन्द्र झा
२०८३ असोज २८, बुधबार