बैसाख १८, २०८३ शुक्रबार May 1, 2026

रास्वपा सभापति लामिछानेको रिट ‘हेर्दाहेर्दै’ मा मङ्गलबार सुनुवाइ हुने

आज पनि सुनुवाइ नसकिएकाले हेर्दाहेर्दैमा मङ्गलबार सुनुवाइ हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, चैत २ गते । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधसम्बन्धी मुद्दा फिर्ता गर्ने निर्णयविरुद्धको रिट निवेदन आज हेर्न नभ्याएपछि ‘हेर्दाहेर्दै’मा मङ्गलबार सुनुवाइ गर्ने भएको छ ।

न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा आइतबारदेखि सुनुवाइ सुरु भएको थियो । आज पनि सुनुवाइ नसकिएकाले हेर्दाहेर्दैमा मङ्गलबार सुनुवाइ हुने सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिनुभयो ।

यसअघि, सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको संयुक्त इजलासले उक्त निवेदनलाई नियमित सुनुवाइ गर्न यही चैत १ गतेका लागि पेस गर्न आदेश दिएको थियो ।

महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्ध अघिल्लो सरकारको पालामा लगाइएका सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधका मुद्दा फिर्ता गर्ने निर्णय गर्नुभएको थियो । उक्त निर्णयविरुद्ध युवराज पौडेल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन दायर गर्नुभएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपालका प्रजनन स्वास्थ्य अधिकारका मुद्दा विश्व मञ्चमा
२०८३ बैसाख १८, शुक्रबार
सडक डिभिजन जुम्लाको चालु आवको नौ महिनामा पुँजीगत खर्च २६ प्रतिशत
२०८३ बैसाख १८, शुक्रबार
पर्वले सामाजिक एकता कायम राख्न सहयोग पुग्छ : राष्ट्रपति पौडेल
२०८३ बैसाख १८, शुक्रबार
टोखाका सबै वडामा ‘मेयर दीर्घायु स्वास्थ्य कार्यक्रम’
२०८३ बैसाख १८, शुक्रबार
राष्ट्रपतिद्धारा बुद्ध जयन्तीको शुभकामना
२०८३ बैसाख १८, शुक्रबार
सरकारी अस्पतालमा आज ओपिडी सेवा सञ्चालन हुने
२०८३ बैसाख १८, शुक्रबार
उपराष्ट्रपतिद्धारा बुद्ध जयन्ती, उभौली र श्रमिक दिवसको शुभकामना
२०८३ बैसाख १८, शुक्रबार