काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव ले पितृशोकमा रहेका केपी शर्मा ओली प्रति हार्दिक समवेदना व्यक्त गरेका छन्। उपराष्ट्रपति यादव आज भक्तपुरको गुण्डुस्थित ओली निवास पुगेर शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेका हुन्।
नेकपा एमाले का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओलीका पिता मोहनप्रसाद ओली को गत शुक्रबार ९७ वर्षको उमेरमा निधन भएको थियो। उहाँको निधनपछि देशका विभिन्न उच्च पदस्थ व्यक्तित्व तथा राजनीतिक दलका नेताहरूले समवेदना व्यक्त गर्ने क्रम जारी रहेको छ।
उपराष्ट्रपति यादवले यस दुःखद् घडीमा ओली परिवारलाई धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेका छन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया