भाद्र २, २०८३ मंगलबार August 18, 2026

रास्वपालाई चिनियाँ कम्युनिस्ट पार्टीकाे बधाई तथा शुभकामना, रवि-बालेनकाे प्रशंसा

नेपाल–चीन सम्बन्ध सुदृढ बनाउने प्रतिबद्धता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चिनियाँ कम्युनिस्ट पार्टी ले व्यक्त गरेको सहकार्य र समर्थनप्रति धन्यवाद ज्ञापन गरेको छ। पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख शिशिर खनाल ले विज्ञप्ति जारी गर्दै रास्वपा नेपालको स्वतन्त्र परराष्ट्र नीति तथा पञ्चशीलको सिद्धान्तमा अडिग रहँदै छिमेकी राष्ट्रहरूसँग सन्तुलित र सुदृढ सम्बन्ध कायम गर्न प्रतिबद्ध रहेको उल्लेख गरेका छन्।

चिनियाँ कम्युनिस्ट पार्टीले पठाएको सन्देशमा रास्वपासँगको बढ्दो सम्बन्धप्रति खुसी व्यक्त गर्दै आगामी दिनमा दुई राजनीतिक शक्तिबीचको सहकार्य अझ प्रगाढ हुने विश्वास व्यक्त गरिएको थियो। सोही सन्देशप्रति प्रतिक्रिया जनाउँदै खनालले धन्यवाद दिँदै आपसी समझदारी र सहकार्यलाई अझ सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन्।

विज्ञप्तिमा चीन र नेपालबीचको राजनीतिक विश्वासलाई थप मजबुत बनाउँदै दुवै देशका जनता र राष्ट्रिय हितलाई केन्द्रमा राखेर “साझा भविष्यसहितको समुदाय” निर्माण गर्ने संकल्पसमेत दोहोर्‍याइएको उल्लेख छ। साथै, रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह को नेतृत्वदायी भूमिकाको प्रशंसा गर्दै उनीहरूको नेतृत्वमा नेपाल–चीन सम्बन्ध अझ सुदृढ हुने अपेक्षा गरिएको छ।

रास्वपाले छिमेकी मुलुकहरूसँग पारस्परिक सम्मान, समानता र सहकार्यका आधारमा सम्बन्ध विस्तार गर्ने नीति अवलम्बन गर्दै आएको बताउँदै भविष्यमा पनि यसलाई निरन्तरता दिने स्पष्ट पारेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाललाई इयूको उडान सुरक्षा सूचीबाट हटाउन सरकार दृढ : मन्त्री पौडेल
२०८३ भाद्र २, मंगलबार
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
२०८३ भाद्र २, मंगलबार
विदेशस्थित नेपाली दूतावास र नियोगका आवासीय भवन निर्माणको योजना छः मन्त्री खनाल
२०८३ भाद्र २, मंगलबार
प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेटवार्ता
२०८३ भाद्र २, मंगलबार
परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका राजदूत लोरेन्जोदको बिदाइ भेट
२०८३ भाद्र २, मंगलबार
प्रदेश अपाङ्गता नीति निर्माणमा जोड दिन्छौँः मुख्यमन्त्री शाही
२०८३ भाद्र २, मंगलबार
सेनाको सहयोगमा बाढीले बगाएको वीरेठाँटी–घान्द्रुक सडक पुनर्निर्माण गरिँदै
२०८३ भाद्र २, मंगलबार