काठमाडौँ। अशोकराज सिग्देलले मुलुकको समसामयिक सुरक्षा अवस्था तथा रणनीतिक विषयमा पूर्व प्रधानसेनापतिहरूसँग छलफल गर्नुभएको छ।
सैनिक मुख्यालय जङ्गीअड्डामा मंगलबार आयोजित उक्त अन्तरक्रिया कार्यक्रममा प्यारजङ्ग थापा, गौरवशम्शेर राणा, राजेन्द्र क्षत्री, पूर्णचन्द्र थापा र प्रभुराम शर्मालगायत सहभागी हुनुहुन्थ्यो।
नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, छलफलमा वर्तमान सुरक्षा चुनौती, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय परिस्थितिको प्रभाव, विपद् व्यवस्थापन, राष्ट्रिय सुरक्षा सुदृढीकरण लगायत विषयमा विचार आदानप्रदान गरिएको थियो।
पूर्व प्रधानसेनापतिहरूले आफ्नो अनुभव र सुझाव प्रस्तुत गर्दै वर्तमान नेतृत्वलाई आवश्यक मार्गदर्शन प्रदान गर्नुभएको बताइएको छ। यस्तो अन्तरक्रियाले संस्थागत निरन्तरता, अनुभव आदानप्रदान तथा रणनीतिक स्पष्टता कायम गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।
नेपाली सेनाले समय–समयमा यस्ता छलफल कार्यक्रममार्फत संस्थागत सुदृढीकरण र नेतृत्वबीच समन्वय बढाउँदै आएको जनाएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया