भाद्र १, २०८३ सोमबार August 17, 2026

अमेरिका-इजरायल-इरान युद्ध रोक्न शान्ति समाजको माग, काठमाडौँमा प्रदर्शन

शक्ति राष्ट्रलाई शान्ति समाजको अपिल, काठमाडौँमा विभिन्न स्थानमा प्रदर्शन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। मानव अधिकार तथा शान्ति समाज ले अमेरिका, इजरायल र इरानबीच जारी युद्धको विरोध गर्दै काठमाडौँमा विभिन्न स्थानमा प्रदर्शन गरेको छ।

समाजले तत्काल युद्ध अन्त्य गरी विश्व शान्ति कायम गर्न माग गर्दै एकैदिन महाराजगञ्जस्थित अमेरिकी दूतावास, लाजिम्पाटस्थित इजरायली दूतावास र दरबारमार्गको याक एण्ड यती होटल परिसरमा रहेको इरानी कन्सुलेट अगाडि विरोध प्रदर्शन गरेको हो।

प्रदर्शनका क्रममा सहभागीहरूले ‘शक्ति राष्ट्रहरूले युद्ध होइन, शान्तिको पक्ष लिनुपर्छ’, ‘अमेरिका युद्ध रोक, शान्ति कायम गर’ जस्ता नारासहित ब्यानर प्रदर्शन गरेका थिए। उनीहरूले हाल संयुक्त राज्य अमेरिका, इजरायलइरान बीचको द्वन्द्वले विश्व शान्तिमा गम्भीर असर पारेको बताएका छन्।

समाजले विशेषगरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प लाई सम्बोधन गर्दै युद्ध विस्तार हुनु विश्वका लागि खतरनाक भएको उल्लेख गरेको छ। उनीहरूले तत्काल युद्ध अन्त्य गर्न, शान्ति स्थापना गर्न र कूटनीतिक पहल बढाउन आग्रह गरेका छन्।

मानव अधिकार तथा शान्ति समाजले अमेरिका जस्तो शक्ति राष्ट्रले युद्धको पक्षपोषण नगरी शान्ति स्थापनामा अग्रसर भूमिका खेल्नुपर्ने धारणा समेत व्यक्त गरेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया