जेठ ३०, २०८३ शनिबार June 13, 2026

जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान

मधेसी समुदायले देश विकासमा पु¥याएको योगदानको सराहना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, ७ चैतः राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा नागरिक स्वतन्त्रताका लागि भएका आन्दोलनमा मधेसी समुदायको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।

मधेसी आयोग स्थापना दिवसका अवसरमा आज राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा उहाँले आन्दोलनका उद्देश्य स्वतन्त्रता, समभाव, सामाजिक न्याय, सुशासन, विकास र समृद्धिसहित राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्नु रहेका बताउनुभयो ।

“जनचाहनालाई आत्मसात् गरेर राष्ट्र निर्माणका लागि अघि बढ्नु आजको आवश्यकता हो, हालै सम्पन्न निर्वाचनमार्फत जनताद्वारा अभिव्यक्त देश विकासको दायित्वलाई पूरा गर्न सबै पक्षलाई आह्वान गर्दछु”, राष्ट्रपति पौडेलले भन्नुभयो । साथै उहाँले मधेसी समुदायले देश विकासमा पु¥याएको योगदानको सराहना गर्नुभयो ।

आयोगले बितेका सात वर्षमा मधेसी समुदायको पहिचान र अधिकारका लागि आधार खडा गरेको बताउँदै राष्ट्रपतिले आगामी दिनमा पनि आयोग सक्रिय रहने पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले मधेसभित्रका विविध भाषा, कला, संस्कृति र इतिहास नेपालका गौरव भएका बताउनुभयो । उहाँले आगामी दिनमा मधेसी समुदायभित्र पछाडि परेका वर्ग, समुदाय, महिला र सीमान्तकृत समूहको हकहितका लागि आयोगले ठोस कार्यक्रम ल्याउने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले सांस्कृतिक तथा भाषिक अधिकार सम्वर्द्धन र विकास आयोजना कार्यान्वयनमा मधेसी समुदायको सहभागितालगायत विषयमा सरकार जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।

त्यस अवसरमा आयोगका विविध सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
काठमाडौँका फोहोरपानी प्रशोधन केन्द्र चाँडै सञ्चालनमा ल्याइँदै
२०८३ जेठ ३०, शनिबार
तनहुँका सामुदायिक वनलाई रुद्राक्ष पकेट क्षेत्र बनाइदै
२०८३ जेठ ३०, शनिबार
भेरी अस्पतालको एनआईसीयू शय्या विस्तार गरिँदै
२०८३ जेठ ३०, शनिबार
सहकारीद्वारा बिद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा
२०८३ जेठ ३०, शनिबार
डिष्ट्रिक्ट गभर्नर रमेश अधिकारीको नेतृत्वमा PVST स्कुलिङ कार्यक्रम सुरु हुँदै
२०८३ जेठ ३०, शनिबार
रावल आयोगको प्रतिवेदन : एकतिस वर्षपछि कार्यान्वयन
२०८३ जेठ ३०, शनिबार
गण्डकी प्रदेशसभा बैठक : प्रदेश लोकसेवा आयोग र प्रदेशसभाको सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश
२०८३ जेठ ३०, शनिबार