भाद्र २, २०८३ मंगलबार August 18, 2026

लायन्स डिष्ट्रिक्ट जे का गभर्नर मिलन बाबु मल्ल नाडाको महासचिवमा निर्वाचित

नाडामा २९ सदस्सीय नयाँ नेतृत्व चयन, महासचिव बने मिलन मल्ल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालको महासचिवमा लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपालका डिष्ट्रिक्ट गभर्नर लायन मिलन बाबु मल्ल निर्वाचित भएका छन् ।

नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको अध्यक्षतामा आइतबार बसेको दोस्रो केन्द्रीय कार्य समितिको बैठकले मल्ललाई महासचिवमा चयन गरेको हो । बैठकले २९ सदस्सीय कार्यसमिति पनि बनाएको छ । गत फागुन २५ गते अध्यक्षमा सुरेन्द्रकुमार उप्रेतीलाई चयन गरेको नाडाको कार्यसमिति १२ दिनपछि पूर्ण भएको छ ।

नाडाको निवर्तमान अध्यक्ष करणकुमार चौधरी, संस्थागत उपाध्यक्ष भद्र भण्डारी, संस्थागत उपाध्यक्ष  गणेशप्रसाद भट्टराई, उपाध्यक्ष विक्रम सिंहानिया, उपाध्यक्ष अभिक ज्योति, सचिव मेघराज पौड्याल, कोषाध्यक्ष पंंकज अग्रवाल, सह कोषाध्यक्ष नीलमणि पाठक चयन गरेको बैठकमा सहभागीले जानकारी दिए ।

त्यस्तै नाडाको संस्थागत सदस्यहरू मध्येबाट प्रदेश सदस्य डिल्लीराम आचार्य, केदारकुमार अग्रवाल, दामोदर अटल,  दीपेन्द्र कोइराला र पुष्कर ओझा चयन भएका छन् । अनुपकुमार बराल, तोयानाथ खनाल, दीपकराज गिरी, दीपेन्द्रकुमार मिश्र, दिवाकर मिश्र, नवराज भुसाल, नवीनकुमार पारख, नारायणप्रसाद पौडेल, प्रकाश कपुरी, विकाश जोशी, विमल साहलाई सदस्यमा चयन गरेको छ ।

बैठकमा अध्यक्ष उप्रेतीले दीपककुमार अग्रवाल, महेश पाल, र राजेशप्रसाद गिरीलाई कार्यसमितिमा मनोनित गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेटवार्ता
२०८३ भाद्र २, मंगलबार
सेनाको सहयोगमा बाढीले बगाएको वीरेठाँटी–घान्द्रुक सडक पुनर्निर्माण गरिँदै
२०८३ भाद्र २, मंगलबार
सुनसरीमा जुटखेतीतर्फ किसानको आकर्षण
२०८३ भाद्र २, मंगलबार
बिजुलीको भ्याट हटाउन माग गर्दै उज्यालो नेपाल पार्टी सडक आन्दोलनमा
२०८३ भाद्र २, मंगलबार
स्वास्थ्य सचेतनासँगै निःशुल्क परीक्षण शिविर
२०८३ भाद्र २, मंगलबार
बाँदरको उपद्रोले किसान हैरान, अन्नबाली जोगाउनै मुस्किल
२०८३ भाद्र २, मंगलबार
चापाकल खरिदमा अनियमितता गरेको आरोपमा ११ जनाविरुद्ध मुद्दा
२०८३ भाद्र २, मंगलबार