भाद्र १, २०८३ सोमबार August 17, 2026

नवनियुक्त प्रधानमन्त्री शाहलाई पाकिस्तानको बधाई

पाकिस्तानले नेपालसँगको दीर्घकालीन र मैत्रीपूर्ण सम्बन्धलाई उच्च महत्व दिएको उल्लेख

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री वालेन्द्र शाहलाई पाकिस्तानका प्रधानमन्त्री सेहबाज सरिफले बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ ।

पाकिस्तानी प्रधानमन्त्री सरिफले आज सामाजिक सञ्जाल एक्समार्फत राष्ट्रिय स्वतन्त्र पार्टीको भारी बहुमतसहित निर्वाचित भई पदभार ग्रहण गर्नुभएकामा प्रधानमन्त्रीमा शाहलाई बधाई ज्ञापन गर्नुभएको हो ।

उहाँले पाकिस्तानले नेपालसँगको दीर्घकालीन र मैत्रीपूर्ण सम्बन्धलाई उच्च महत्व दिएको उल्लेख गर्दै क्षेत्रीय शान्ति, स्थिरता र समृद्धिका साझा लक्ष्यहरूलाई अघि बढाउँदै द्विपक्षीय सहकार्य अझ सुदृढ बनाउन प्रधानमन्त्री शाहसँग नजिकबाट सहकार्य गर्ने अपेक्षा राखेको बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया