कार्तिक २४, २०८३ मंगलबार November 10, 2026

ओली र लेखकलाई आज अदालत लगिँदै

प्रहरीले ओली र लेखक दुवै जनालाई २४ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न मिल्ने कानुनी व्यवस्था

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । हिजो शनिबार बिहानै पक्राउ परेका पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई आज आइतबार प्रहरीले अदालत पेस गर्ने भएको छ ।

शनिबार अदालत बिदा भएकाले उनीहरूलाई आज प्रहरीले अदालतमा पेस गर्न लागेको हो । प्रहरीले दुवैलाई अनुसन्धान गर्न जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं हुँदै जिल्ला अदालत काठमाडौं पेस गरिने छ ।

ओली र लेखक दुवै जना प्रहरीको हिरासतमा छन् । ओली शिक्षण अस्पताल महाराजगन्जमा प्रहरी निगरानीमा छन् भने लेखकलाई महराजगन्जस्थित २ नम्बर गणमा राखिएको छ ।

प्रहरीले ओली र लेखक दुवै जनालाई २४ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न मिल्ने कानुनी व्यवस्था छ । तर, त्यसका लागि आइतबार जिल्ला अदालतले अनुमति दिनुपर्ने हुन्छ ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको घटनाको सत्यतथ्य बुझ्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वले दिएको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

कार्की आयोगले लापरबाही र हेलचेर्क्याइँका कारण जेनजी आन्दोलनका क्रममा मानिसहरूको मृत्यु भएको भन्दै त्यसमा तत्कालीन प्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री लेखक र नेपाल प्रहरीका तत्कालीन महानिरीक्षक चन्द्रकुबेर खापुङविरुद्ध अनुसन्धान गरी अभियोजन गर्न सिफारिस गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जनकपुरलाई २७ रनले हराउँदै सुदूरपश्चिम अंकतालिकाको दोस्रो स्थानमा
२०८३ कार्तिक २४, मंगलबार
स्वर्णिम वाग्लेको अन्तर्राष्ट्रिय उपलब्धिप्रति रास्वपाद्वारा बधाई
२०८३ कार्तिक २४, मंगलबार
जन अधिकार पार्टीद्वारा सरकारसँग छठ पर्वमा तीन दिन सार्वजनिक बिदा दिन माग
२०८३ कार्तिक २४, मंगलबार
New generation should adopt Nepal’s unique art, tradition: Home Minister Gurung
२०८३ कार्तिक २४, मंगलबार
Nepal calls for greater climate finance for mountain resilience
२०८३ कार्तिक २४, मंगलबार
नेपाल संवतले राष्ट्रिय एकता र समृद्धिको नयाँ ऊर्जा प्रदान गरोस्ः मुख्यमन्त्री कार्की
२०८३ कार्तिक २४, मंगलबार
मौलिक संस्कृति र परम्परा संरक्षणमा प्रदेश सरकार प्रतिबद्धः मुख्यमन्त्री थापा मगर
२०८३ कार्तिक २४, मंगलबार