कार्तिक २४, २०८३ मंगलबार November 10, 2026

लुम्बिनी प्रदेशकी एमाले सांसद शर्मालाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

आफु प्रधानमन्त्री हुनासाथ बालेनले सांसद शर्माविरुद्ध कारवाही अगाडी बढाएका छन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । लुम्बिनी प्रदेशकी एमाले सांसद रेखा शर्मालाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश नवराज दुलालको इजलासले सांसद शर्मालाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो । उनी गएराति काठमाडौँको धुम्बाराहीबाट पक्राउ परेकी थिइन् ।

काठमाडौं महानगरपालिकाले शर्माको घरबाट २०८१ जेठ १४ गते एक बालिकालाई उद्धार गरेपछि उनीविरुद्ध महानगरले मुद्धा दायर गरेको थियो ।जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता भएको र जाहेरी दिएपनि सांसद शर्मालाई प्रहरीले पक्राउ गरेको थिएन । त्यसपछि २०८१ को माघमा महान्यायाधिवक्ता कार्यालयबाट शर्माविरुद्ध मुद्दा नचल्ने निर्णय भएपछि यो विषय त्यति बेला सकिएको थियो ।

सो समय काठमाडौँ महानगरका मेयर रहेका बालेन शाहले सामाजिक सञ्जालमा उद्धार गरिएकी बालिकालाई सम्बोधन गर्दै एक दिन समय आउने पोष्ट गरेका थिए । अहिले आफु प्रधानमन्त्री हुनासाथ बालेनले सांसद शर्माविरुद्ध कारवाही अगाडी बढाएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जनकपुरलाई २७ रनले हराउँदै सुदूरपश्चिम अंकतालिकाको दोस्रो स्थानमा
२०८३ कार्तिक २४, मंगलबार
स्वर्णिम वाग्लेको अन्तर्राष्ट्रिय उपलब्धिप्रति रास्वपाद्वारा बधाई
२०८३ कार्तिक २४, मंगलबार
जन अधिकार पार्टीद्वारा सरकारसँग छठ पर्वमा तीन दिन सार्वजनिक बिदा दिन माग
२०८३ कार्तिक २४, मंगलबार
New generation should adopt Nepal’s unique art, tradition: Home Minister Gurung
२०८३ कार्तिक २४, मंगलबार
Nepal calls for greater climate finance for mountain resilience
२०८३ कार्तिक २४, मंगलबार
नेपाल संवतले राष्ट्रिय एकता र समृद्धिको नयाँ ऊर्जा प्रदान गरोस्ः मुख्यमन्त्री कार्की
२०८३ कार्तिक २४, मंगलबार
मौलिक संस्कृति र परम्परा संरक्षणमा प्रदेश सरकार प्रतिबद्धः मुख्यमन्त्री थापा मगर
२०८३ कार्तिक २४, मंगलबार