कार्तिक ३, २०८३ मंगलबार October 20, 2026

लुम्बिनी प्रदेशसभाको बैठक बस्दै

आजको बैठकको प्रारम्भमा प्रदेशसभा सदस्यहरूले समसामयिक विषयमा विशेष समयमा आफ्नो धारणा राख्नुहुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

घोराही (दाङ), २२ चैतः लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत पाँचौँ बैठक आज दिउँसो १ः०० बजे बस्ने भएको छ ।

प्रदेशसभा सचिवालयद्वारा आज जारीे सम्भावित कार्यसूचीअनुसार बैठकमा उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपानेले ‘लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्न बनेको विधेयक’ सभामा पेस गर्नुहुनेछ ।

त्यसैगरी, बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले ‘जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालनसम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक’लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव पेस गर्ने कार्यक्रम रहेको प्रदेशसभा सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिनुभयो ।

प्रदेशसभाको आजको बैठकको प्रारम्भमा प्रदेशसभा सदस्यहरूले समसामयिक विषयमा विशेष समयमा आफ्नो धारणा राख्नुहुनेछ छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुशासन र विकासका लागि आवश्यक कानुन छिट्टै निर्माण गर्छौँ : मन्त्री गौतम
२०८३ कार्तिक ३, मंगलबार
ऊर्जा, प्रविधि र रक्षा सहकार्यमा छलफल गर्न अमेरिकी विदेशमन्त्री भारतमा
२०८३ कार्तिक ३, मंगलबार
विपद्का २४ घटनामा एकको मृत्यु, ११ जना घाइते
२०८३ कार्तिक ३, मंगलबार
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा थपियो २५ शय्याको ICU
२०८३ कार्तिक ३, मंगलबार
अन्नपूर्ण संरक्षण क्षेत्र भ्रमण गर्ने पर्यटकबाट बर्सेनि उठ्छ करोडौँ राजस्व
२०८३ कार्तिक ३, मंगलबार
घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
२०८३ कार्तिक ३, मंगलबार
जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ
२०८३ कार्तिक ३, मंगलबार