असार १२, २०८३ शुक्रबार June 26, 2026

लुम्बिनी प्रदेशसभाको बैठक बस्दै

आजको बैठकको प्रारम्भमा प्रदेशसभा सदस्यहरूले समसामयिक विषयमा विशेष समयमा आफ्नो धारणा राख्नुहुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

घोराही (दाङ), २२ चैतः लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत पाँचौँ बैठक आज दिउँसो १ः०० बजे बस्ने भएको छ ।

प्रदेशसभा सचिवालयद्वारा आज जारीे सम्भावित कार्यसूचीअनुसार बैठकमा उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपानेले ‘लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्न बनेको विधेयक’ सभामा पेस गर्नुहुनेछ ।

त्यसैगरी, बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले ‘जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालनसम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक’लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव पेस गर्ने कार्यक्रम रहेको प्रदेशसभा सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिनुभयो ।

प्रदेशसभाको आजको बैठकको प्रारम्भमा प्रदेशसभा सदस्यहरूले समसामयिक विषयमा विशेष समयमा आफ्नो धारणा राख्नुहुनेछ छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रास्वपाको महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित
२०८३ असार १२, शुक्रबार
लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज
२०८३ असार १२, शुक्रबार
जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार
२०८३ असार १२, शुक्रबार
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन
२०८३ असार १२, शुक्रबार
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
२०८३ असार १२, शुक्रबार
विश्वकप २०२६ : जर्मनीलाई स्तब्ध पार्दै इक्वेडर नकआउट चरणमा प्रवेश
२०८३ असार १२, शुक्रबार
आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण
२०८३ असार १२, शुक्रबार