कार्तिक ३, २०८३ मंगलबार October 20, 2026

राष्ट्रियसभाका चारवटै समिति सभापति निर्विरोध चयन

दलबीच सहमतिका आधारमा एक/एक उम्मेदवारको प्रस्तावका आधारमा निर्विरोध निर्वाचित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं, २४ चैत । राष्ट्रियसभाका रिक्त चार समिति सभापति निर्विरोध चयन भएका छन् । आज सम्बन्धित समितिका ज्येष्ठ सदस्यको अध्यक्षतामा भएका ती समितिका बैठकमा दलबीच सहमतिका आधारमा एक/एक उम्मेदवारको प्रस्तावका आधारमा निर्विरोध निर्वाचित गरिएको हो ।

निर्विरोध निर्वाचित हुनेहरूमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा पूजा चौधरी, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा जयन्तीदेवी राई, विकास, आर्थिक मामिला तथा सुशासन समितिमा कृष्णप्रसाद पौडेल र विधायन व्यवस्थापन समितिमा कृष्णबहादुर रोकाया रहेको राष्ट्रियसभाका सचिव तुलबहादुर कँडेलले जानकारी दिए ।

चौधरीको प्रस्तावकमा मदनकुमारी शाह (गरिमा), समर्थकमा युवराज शर्मा र रुक्मिणी कोइराला, राईको प्रस्तावकमा सोनाम गेल्जेन शेर्पा, समर्थकमा दुर्गाकुमारी गुरुङ रहेका छन् । यस्तै, पौडेलको प्रस्तावमा नारायणदत्त भट्ट, समर्थकमा जगत तिमिल्सना तथा रोकायाको प्रस्तावकमा आनन्दप्रसाद ढुङ्गाना र समर्थकमा गीता देवकोटा रहेका छन् ।

सभापतिका लागि प्रस्तावकले सहमतिको राजनीति, विधिको शासन र लोकतान्त्रिक अभ्यासका लागि सहमतिका आधारमा उम्मेदवारी दिइएको बताएका थिए । गत फागुन २० गतेदेखि ती समितिका सभापतिको पद रिक्त रहेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुशासन र विकासका लागि आवश्यक कानुन छिट्टै निर्माण गर्छौँ : मन्त्री गौतम
२०८३ कार्तिक ३, मंगलबार
ऊर्जा, प्रविधि र रक्षा सहकार्यमा छलफल गर्न अमेरिकी विदेशमन्त्री भारतमा
२०८३ कार्तिक ३, मंगलबार
विपद्का २४ घटनामा एकको मृत्यु, ११ जना घाइते
२०८३ कार्तिक ३, मंगलबार
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा थपियो २५ शय्याको ICU
२०८३ कार्तिक ३, मंगलबार
अन्नपूर्ण संरक्षण क्षेत्र भ्रमण गर्ने पर्यटकबाट बर्सेनि उठ्छ करोडौँ राजस्व
२०८३ कार्तिक ३, मंगलबार
घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
२०८३ कार्तिक ३, मंगलबार
जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ
२०८३ कार्तिक ३, मंगलबार