असार १२, २०८३ शुक्रबार June 26, 2026

सभामुखद्वारा स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड

अनुभव र असल अभ्यासको आदान–प्रदान गर्दै सामाजिक विकास तथा सुशासनलाई थप प्राथमिकता दिन आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २६ चैतः सभामुख डोलप्रसाद अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान गर्ने कार्यमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल नगरपालिका सङ्घको ३३औँ स्थापना दिवसको अवसरमा यहाँ आज आयोजित कार्यक्रममा सभामुख अर्यालले अनुभव र असल अभ्यासको आदान–प्रदान गर्दै सामाजिक विकास तथा सुशासनलाई थप प्राथमिकता दिन आग्रह गर्नुभयो । उहाँले सेवाग्राहीलाई उच्च प्राथमिकतामा राखेर काम गर्नुपर्ने उल्लेख गर्दै उनले सेवामा कुनै त्रुटी गर्न नहुने बताउनुभयो ।

सभामुख अर्यालले आफ्ना संस्था वा व्यक्तिगत हितभन्दा सेवाग्राहीको सन्तुष्टिलाई ध्यान दिनुपर्ने धारणा व्यक्त गर्दै जनताको मुहारमा खुसी ल्याउने र सरकारले जनताका लागि काम गरिरहेको अनुभूति दिलाउन स्थानीय तहले सक्रिय भूमिका खेल्नुपर्ने बताउनुभयो ।

स्थानीय तहलाई सुदृढ बनाउन तथा बजेटलगायत विषयमा सबै तहका सरकारबीच समन्वय आवश्यक रहेको उल्लेख गर्दै उहाँले त्यसका लागि आफू प्रतिबद्ध रहेको बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विश्वकप २०२६ : जर्मनीलाई स्तब्ध पार्दै इक्वेडर नकआउट चरणमा प्रवेश
२०८३ असार १२, शुक्रबार
आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण
२०८३ असार १२, शुक्रबार
रास्वपाको ९९ सदस्यीय केन्द्रीय समितिमा को–को भए निर्वाचित ? (मतसहित)
२०८३ असार १२, शुक्रबार
फिफा विश्वकप : जापान र स्वीडेन नकआउट चरणमा प्रवेश
२०८३ असार १२, शुक्रबार
मनसुनको प्रभाव सीमित, तराईका केही क्षेत्रमा तातो हावा चल्ने पूर्वानुमान
२०८३ असार १२, शुक्रबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
२०८३ असार १२, शुक्रबार
आज शुक्रबार, यी राशिहरूलाई धेरै राम्रो हुनेछ, हेर्नुहोस् राशिफल
२०८३ असार १२, शुक्रबार