बैसाख १७, २०८३ बिहिबार April 30, 2026

रास्वपा सभापतिमाथि वरिष्ठ नेता निरन्तर हाबी

उपसभामुखमा समर्थन गर्ने सहमति भएको राप्रपाका नेताहरूले दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) कुनै समय नदीका दुई किनाराजस्तै अलग-अलग देखिनुहुन्थ्यो । २०७९ सालको स्थानीय तह निर्वाचन तथा सोही वर्ष सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट अप्रत्यासित रूपमा उदाउनुभएका यी दुई पात्र अहिले भने एउटै दलमार्फत राजनीतिक यात्रामा सहयात्री बन्नुभएको छ ।

रवि र बालेनबीचको राजनीतिक सहकार्य गत पुस १३ गते सम्पन्न सातबुँदे सम्झौताबाट औपचारिक रूपमा सुरु भएको हो । उक्त सम्झौताअनुसार रास्वपा सभापति लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर शाहले एउटै दलबाट प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने सहमति गर्नुभएको छ ।

प्रतिनिधिसभा समानुपातिक उम्मेदवारको मनोनयन दर्ता अघि भएको सहमतिसँगै बालेनले मेयरबाट राजीनामा दिएर चुनावी प्रचारको लागि देश दौडाह गर्नुभयो । रवि र बालेनबीच जोडिएको सम्बन्धले विशेष गरी युवा पुस्ता निकै उत्साही भयो । परिणामस्वरूप फागुन २१ गते भएको निर्वाचनमा रास्वपाले २७५ सदस्यीय प्रतिनिधिसभामा १८२ सिट जित्यो । सात बुँदे सहमति पत्रमा आफूहरूको अभियानलाई वैकल्पिक राजनीतिक शक्तिको नाम दिएर रास्वपाको सिद्धान्त, नेतृत्व र चिह्नमा गोलबद्ध हुने उल्लेख थियो ।

निर्वाचन परिणामपछि भने संस्थापन रास्वपा समूहमाथि सात बुँदे सम्झौताबाट आएको समूह निरन्तर हाबी हुँदै गएको छ । त्यसको पछिल्लो उदाहरण हो, प्रतिनिधिसभाको उपसभामुख चयनको लागि बिहीबार भएको मनोनयन दर्ता । उपसभामुखको निर्वाचनको लागि बिहीबार भएको उम्मेदवारी मनोनयन दर्तामा रास्वपाको आन्तरिक राजनीतिक समीकरण आधा घण्टामै फेरिएको छ । रास्वपाले उपसभामुखमा श्रम संस्कृतिलाई समर्थन गरेको छ । यसअघि रास्वपाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई समर्थन गर्ने निर्णय गरेको सार्वजनिक भएको थियो ।

रास्वपाबाट प्रतिनिधिसभाको सभामुख भएकाले संवैधानिक प्रावधानअनुसार अर्को दल र लिंगको व्यक्तिलाई उपसभामुख बन्नुपर्ने संवैधानिक व्यवस्था छ । त्यही आधारमा रास्वपाले श्रम संस्कृति कि राप्रपा कसलाई समर्थन गर्ने भन्ने दोहोरो छलफल चलाइरहेको थियो । राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले केही दिनअघि रास्वपा सभापति रवि लामिछानेलाई भेट्नुभएको थियो । त्यसक्रममा उपसभामुखमा समर्थन गर्ने सहमति भएको राप्रपाका नेताहरूले दाबी गरेका छन् ।

बिहीबार पनि रास्वपा सभापति लामिछानेसँग कुरा भएको र त्यसक्रममा राप्रपालाई समर्थन गर्ने आश्वासन पाएको ज्ञानेन्द्रबहादुर शाहीले बताउनुभएको थियो । सभापति लामिछानेसँग कुरा गरेपछि राप्रपाका नेताहरू सरस्वती लामालाई उपसभामुख बनाउने निर्णय गर्नका लागि बैठकमा गए । यता, श्रम संस्कृति पार्टीसँग पनि रास्वपाको कुराकानी चलिरहेको थियो । रास्वपाका वरिष्ठ नेतासमेत रहनुभएका प्रधानमन्त्री बालेन्द्र शाहसँग हर्क साम्पाङको कुरा हुने गरेको थियो । राप्रपा उता बैठक गरिरहेको बेला महामन्त्री कविन्द्र बुर्लाकोटीसहितका रास्वपा नेताहरू श्रम संस्कृति पार्टीसँग छलफलमा थिए । उक्त छलफलमा श्रम संस्कृतिलाई सहयोग गर्ने निर्णय भयो ।

राप्रपाले सुरुमा आफ्नै सांसदहरू प्रस्तावक र समर्थक राखेर सरस्वती लामाको नाम दर्ता गरायो । त्यसपछि छलफलमा रहेका रास्वपाका कविन्द्र बुर्लाकोटी र श्रम संस्कृतिका आरेन राई लगायतका नेताहरू उम्मेदवारी दर्तास्थलमा आए र रुबीको उम्मेदवारी दोस्रो नम्बरमा दर्ता भयो । हिमालय टाइम्सबा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया