कार्तिक ३, २०८३ मंगलबार October 20, 2026

प्रतिनिधि सभाको बैठक आज बस्दै

सभामुखले राष्ट्रपतिबाट भएको सम्बोधनका लागि धन्यवाद प्रस्ताव प्रस्तुत गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज दिउँसो ४ बजे बस्ने भएको छ ।

संसद् सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयका अनुसार आजको बैठकमा विभिन्न महत्वपूर्ण कार्यसूचीहरू प्रस्तुत हुनेछन् ।

बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेलबाट यसअघि संघीय संसद्को संयुक्त बैठकमा गरिएको सम्बोधनको प्रति टेबल गर्ने कार्यसूची रहेको छ ।

त्यसैगरी, सभामुखले राष्ट्रपतिबाट भएको सम्बोधनका लागि धन्यवाद प्रस्ताव प्रस्तुत गर्नेछन् ।

आजको बैठकको मुख्य आकर्षणका रूपमा उपसभामुख पदको निर्वाचन रहेको छ । यसअन्तर्गत सांसद ज्ञान बहादुर शाहीले सरस्वती लामालाई उपसभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्, जसलाई ताहिर अली भाट, खुश्बु ओली र भरत गिरीले समर्थन गर्नेछन् ।

यस्तै, सांसद आरेन राईले रूबी कुमारीलाई उपसभामुखमा निर्वाचित गरियोस् भन्ने अर्को प्रस्ताव प्रस्तुत गर्नेछन् । उक्त प्रस्तावलाई अशोक कुमार चौधरी र अम्बिका देवी संग्रौलाले समर्थन गर्ने कार्यसूचीमा उल्लेख छ ।

आजको बैठकले प्रतिनिधि सभाको नेतृत्व चयन प्रक्रियालाई अगाडि बढाउने र राष्ट्रपतिबाट प्रस्तुत नीति तथा कार्यक्रममाथि औपचारिक प्रक्रिया सुरु गर्ने अपेक्षा गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा थपियो २५ शय्याको ICU
२०८३ कार्तिक ३, मंगलबार
अन्नपूर्ण संरक्षण क्षेत्र भ्रमण गर्ने पर्यटकबाट बर्सेनि उठ्छ करोडौँ राजस्व
२०८३ कार्तिक ३, मंगलबार
घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
२०८३ कार्तिक ३, मंगलबार
जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ
२०८३ कार्तिक ३, मंगलबार
बेनी-जोमसोम-कोरला सडकमा करिब एक अर्बको क्षति
२०८३ कार्तिक ३, मंगलबार
निर्वाचन कार्यालयद्वारा तीन हजार बढी मतदाताको नाम सूचीबाट हटाइयो
२०८३ कार्तिक ३, मंगलबार
कोरल सागरमा शक्तिशाली भूकम्प, २३ किलोमिटर गहिराइमा केन्द्रबिन्दु
२०८३ कार्तिक ३, मंगलबार