असार १२, २०८३ शुक्रबार June 26, 2026

प्रतिनिधि सभाको बैठक आज बस्दै

सभामुखले राष्ट्रपतिबाट भएको सम्बोधनका लागि धन्यवाद प्रस्ताव प्रस्तुत गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज दिउँसो ४ बजे बस्ने भएको छ ।

संसद् सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयका अनुसार आजको बैठकमा विभिन्न महत्वपूर्ण कार्यसूचीहरू प्रस्तुत हुनेछन् ।

बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेलबाट यसअघि संघीय संसद्को संयुक्त बैठकमा गरिएको सम्बोधनको प्रति टेबल गर्ने कार्यसूची रहेको छ ।

त्यसैगरी, सभामुखले राष्ट्रपतिबाट भएको सम्बोधनका लागि धन्यवाद प्रस्ताव प्रस्तुत गर्नेछन् ।

आजको बैठकको मुख्य आकर्षणका रूपमा उपसभामुख पदको निर्वाचन रहेको छ । यसअन्तर्गत सांसद ज्ञान बहादुर शाहीले सरस्वती लामालाई उपसभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्, जसलाई ताहिर अली भाट, खुश्बु ओली र भरत गिरीले समर्थन गर्नेछन् ।

यस्तै, सांसद आरेन राईले रूबी कुमारीलाई उपसभामुखमा निर्वाचित गरियोस् भन्ने अर्को प्रस्ताव प्रस्तुत गर्नेछन् । उक्त प्रस्तावलाई अशोक कुमार चौधरी र अम्बिका देवी संग्रौलाले समर्थन गर्ने कार्यसूचीमा उल्लेख छ ।

आजको बैठकले प्रतिनिधि सभाको नेतृत्व चयन प्रक्रियालाई अगाडि बढाउने र राष्ट्रपतिबाट प्रस्तुत नीति तथा कार्यक्रममाथि औपचारिक प्रक्रिया सुरु गर्ने अपेक्षा गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विश्वकप २०२६ : जर्मनीलाई स्तब्ध पार्दै इक्वेडर नकआउट चरणमा प्रवेश
२०८३ असार १२, शुक्रबार
आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण
२०८३ असार १२, शुक्रबार
रास्वपाको ९९ सदस्यीय केन्द्रीय समितिमा को–को भए निर्वाचित ? (मतसहित)
२०८३ असार १२, शुक्रबार
फिफा विश्वकप : जापान र स्वीडेन नकआउट चरणमा प्रवेश
२०८३ असार १२, शुक्रबार
मनसुनको प्रभाव सीमित, तराईका केही क्षेत्रमा तातो हावा चल्ने पूर्वानुमान
२०८३ असार १२, शुक्रबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
२०८३ असार १२, शुक्रबार
आज शुक्रबार, यी राशिहरूलाई धेरै राम्रो हुनेछ, हेर्नुहोस् राशिफल
२०८३ असार १२, शुक्रबार