चैत्र २८, २०८२ शनिबार April 11, 2026

गुल्मीले दोस्रो पटक मुख्यमन्त्री कप भलिबल उपाधि जित्यो

मुख्यमन्त्री कप भलिबल उपाधि गुल्मीले दोस्रो पटक जित्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

रूपन्देही । दाङमा जारी दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधी गुल्मीले हात पारेको छ ।

प्रतिस्पर्धि नवलपरासीलाइ ३–० को सोझो सेटमा पराजित गर्दै गुल्मि दोस्रो पटक मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगिताको उपाधि हात पार्न सफल भएको हो । गुल्मीले नवलपरासीलाइ पहिलो सेटमा २५–१५, दोस्रो सेटमा २५–१३ र तेस्रो सेटमा २५–१५ ले हराएको हो ।

उपाधिसँगै नगद १ लाख, ट्रफि र मेडल हात पारेको छ भने दोस्रो स्थानमा चित्त बुझाएको नवलपरासीले नगद ६५ हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पारेको छ । लुम्बिनी प्रदेशका १२ जिल्लाबाट सहभागी प्रतियोगितामा रुपन्देही तेस्रो र प्यूठान चौथो भएका हुन् ।

रुपन्देहीले प्युठानलाइ ३–१ को सेटमा हराउदै तेस्रो स्थान कायम गरेको हो भने प्यूठान चौथो भएको हो ।

तेस्रो भएको रुपन्देहीले नगद ३५ हजार र चौंथो भएको प्युठानले १५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया