असोज २४, २०८३ शनिबार October 10, 2026

खाग प्रकरणः चारै जना अभियुक्त माथि अनुसन्धान

खाग पछाडि एउटा ठूलो समूहको सञ्जाल भएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलाशा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

इनरुवा (सुनसरी), ५ वैशाखः यहाँको बर्जु गाउँपालिका–४ बाट गैँडाको खागसहित पक्राउ परेका चार जना माथि अनुसन्धान सुरु गरिएको छ ।

पक्राउ पर्नेमा बर्जु–६ का ३९ वर्षीय राजेशकुमार उराँव, ३१ वर्षीय जीवन चौधरी, बर्जु–५ का ३३ वर्षीय रविनकुमार यादव र मोरङ पथरी शनिश्चरे नगरपालिका–१ का ४० वर्षीय नारायणप्रसाद घिमिरे रहेको डिभिजन वन कार्यालय सुनसरीले जनाएको छ ।

बर्जु ताल नजिकै खागको तौल लिँदै गर्दा सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह वाहिनी पक्कलीबाट खटिएको टोलीले उनीहरुलाई शुक्रबार पक्राउ गरेको थियो । अभियुक्त र खाग डिभिजन वन कार्यालय सुनसरीलाई बुझाएसँगै अनुसन्धान सुरु गरिएको डिभिजन वन कार्यालय इनरुवाका डिभिजनल वन अधिकृत रितेशभूषण बस्नेतले जानकारी दिनुभयो ।

अनुसन्धानका लागि कार्यालयका वैजुकुमार साहलाई अनुसन्धान अधिकृत तोकिएको छ । गैँडाको खागजस्तो ल्याइएको वस्तु परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार काठमाडौँ पठाइएको छ ।

परीक्षण रिपोर्टको आधारमा कानुनी प्रक्रिया अगाडि बढ्ने उहाँले बताउनुभयो । यसको सञ्जाल ठूलो भएको उहाँको बुझाइ छ । खाग पछाडि एउटा ठूलो समूहको सञ्जाल भएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको डिभिजनल वन अधिकृत बस्नेतले बताउनुभयो ।

कहाँबाट ल्याइएको हो र कता लैजान खोजिएको विषयमा यकिन हुन बाँकी रहेको छ । पक्राउ परेकाविरुद्ध राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत अनुसन्धान अघि बढाइने डिभिजन वन कार्यालय प्रमुख शिवनारायण मण्डलले बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पूर्व न्यायाधीशलाई नोबेल पुरस्कार दिएको केही घण्टापछि आइसीसीमाथि अमेरिकी प्रतिबन्ध
२०८३ असोज २४, शनिबार
भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता
२०८३ असोज २४, शनिबार
सुर्खेतका तीन स्थानका जंगलबाट १८ नाल भरुवा बन्दुक बरामद
२०८३ असोज २४, शनिबार
चौध लाखभन्दा बढीका सामान र ई-लोडर बरामद
२०८३ असोज २४, शनिबार
सुन तस्करीमा चिनियाँ नयाँ समूह : २१ किलो ७५० ग्राम सुनसहित तीन जना बुढानीलकण्ठबाट पक्राउ
२०८३ असोज २४, शनिबार
पुरानो बसको लापरबाहीले खोस्यो ५ जनाको ज्यान, माझठाना गाउँ शोकमा डुब्यो
२०८३ असोज २४, शनिबार
नेपाली कांग्रेसको सभापतिमा गगन थापा विजयी
२०८३ असोज २४, शनिबार