असार १०, २०८३ बुधबार June 24, 2026

एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु

दुर्घटनामा लामिछानेकी पत्नी ५० वर्षीया सीता र अर्का ६५ वर्षीय स्थानीय सूर्य उपाध्याय घाइते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नेपालगन्ज, ६ वैशाखः बर्दियामा एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

बाँकेको कोहलपुरबाट बर्दियाको राजापुरतर्फ जाँदै गरेको लुम्बनी प्रदेश बिएए ०३०५ नम्बरको एम्बुलेन्सले आज बिहान गुलरिया नगरपालिका–७ स्थित तुलापुरमा ठक्कर दिँदा गुलरिया नगरपालिका–५ का ५५ वर्षीय भूमि लामिछाने र उहाँका करिब सात वर्षीय नाति रिहान्सको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सरोज पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार योग शिविर चलिरहेको ठाँउमा जादै गरेको अवस्थामा तीव्रगतिको एम्बुलेन्सले ठक्कर दिएको थियो । मृत्यु भएका लामिछाने योग गुरुसमेत रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा लामिछानेकी पत्नी ५० वर्षीया सीता र अर्का ६५ वर्षीय स्थानीय सूर्य उपाध्याय घाइते हुनुभएको छ । घाइते दुवै जनाको नेपालगञ्ज नर्सिङहोममा उपचार भइरहेको छ ।

घटनापछि एम्बुलेन्स र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले जानकारी दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रास्वपा महाधिवेशन : ९ मन्त्री केन्द्रीय सदस्यको चुनावी मैदानमा
२०८३ असार १०, बुधबार
विष्णु पौडेलको पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट, भोलि सुनुवाइ
२०८३ असार १०, बुधबार
प्रभावकारी सेवा प्रवाहका लागि नयाँ ढाँचा
२०८३ असार १०, बुधबार
इरान-अमेरिका सहमतिलाई गालिबफले भने ‘अमेरिकाको पराजय’
२०८३ असार १०, बुधबार
नयाँ क्रियाशील सदस्यता वितरणलाई प्रभावकारी बनाउँदै कांग्रेस
२०८३ असार १०, बुधबार
पनामालाई हराउँदै क्रोएसियाको नकआउट सम्भावना कायम
२०८३ असार १०, बुधबार
कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड
२०८३ असार १०, बुधबार