असोज २४, २०८३ शनिबार October 10, 2026

भूमिसुधार तथा मालपोतमा टोकन प्रणाली

टोकन बिहान ९ बजे दर्ता–चलानी शाखा र नागरिक सहायता कक्षबाट वितरण गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

भद्रपुर (झापा), ७ वैशाखः भद्रपुरस्थित भूमिसुधार तथा मालपोत कार्यालयले सेवा प्रवाहलाई व्यवस्थित, छरितो र पारदर्शी बनाउन टोकन प्रणाली लागू गरेको छ । कार्यालयले अनधिकृत व्यक्तिको प्रवेशमा कडाइ गर्दै सेवाग्राहीमैत्री सेवा सुदृढ गर्ने उद्देश्यले आजदेखि उक्त प्रणाली कार्यान्वयनमा ल्याएको हो ।

कार्यालयका सूचना अधिकारी मोहनसिंह दर्जीका अनुसार सेवाग्राहीले भोग्दै आएको भीडभाड तथा लामो समयसम्म पर्खिनुपर्ने समस्यालाई कम गर्न टोकन प्रणाली लागू गरिएको हो । जनशक्ति, क्षमता र संरचनालाई ध्यानमा राखी दैनिक सेवा व्यवस्थापन गरिने उहाँले बताउनुभयो । उहाँका अनुसार ६ मोठ फाँटबाट प्रत्येकमा २५ टोकन वितरण गरिनेछ । यसअनुसार दैनिक करिब १५० लिखत पारित तथा निर्णयसम्बन्धी कार्य टोकन प्रणालीमार्फत सञ्चालन हुनेछन् ।

सूचना अधिकारी दर्जीका अनुसार टोकन बिहान ९ बजे दर्ता–चलानी शाखा र नागरिक सहायता कक्षबाट वितरण गरिनेछ । सेवा लिन आउने सेवाग्राहीले आवश्यक कागजातसहित स्वयं उपस्थित हुनुपर्ने व्यवस्था गरिएको छ । सेवा प्रवाहको क्षमता र विस्तारसँगै आगामी दिनमा टोकन सङ्ख्या बढाउने योजना रहेको उहाँले बताउनुभयो ।

टोकन प्रणालीमार्फत लिखत पारित, संशोधन, नामसारी, दाखिला खारेज, प्रतिलिपि, रोक्का तथा अद्यावधिकसम्बन्धी सेवा प्रदान गरिनेछ । फुकुवा, वर्गीकरण, स्रेस्ता उतार, हालसाबिक तथा भूमिसुधार फाँटसम्बन्धीकार्यका लागि भने टोकन आवश्यक नपर्ने सूचना अधिकारी दर्जीले बताउनुभयो ।

यसैबीच कार्यालय परिसरमा अनधिकृत व्यक्तिको प्रवेशमा कडाइ गरिएको छ । सेवाग्राहीले अब परिचय खुल्ने कागजात देखाएर मात्र कार्यालय प्रवेश पाउने व्यवस्था गरिएको सूचना अधिकारी दर्जीले बताउनुभयो । सेवाग्राहीको काम सहजीकरणका लागि आवश्यक परेमा मात्र भू–सेवा सञ्चालक, कानुन व्यवसायी तथा लेखापढी व्यवसायीलाई प्रवेश अनुमति दिइने छ । यस्ता व्यक्तिले कार्यकक्षभित्र अनियमित गतिविधि दोहो¥याए थप कडाइ गरिने कार्यालयले जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
२०८३ असोज २४, शनिबार
पूर्व न्यायाधीशलाई नोबेल पुरस्कार दिएको केही घण्टापछि आइसीसीमाथि अमेरिकी प्रतिबन्ध
२०८३ असोज २४, शनिबार
संघीय निजामति विधेयक २०८३ : ३०-५५ को अवकाश प्रावधानले कर्मचारी वृत्तमा त्रास
२०८३ असोज २४, शनिबार
भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता
२०८३ असोज २४, शनिबार
सुर्खेतका तीन स्थानका जंगलबाट १८ नाल भरुवा बन्दुक बरामद
२०८३ असोज २४, शनिबार
चौध लाखभन्दा बढीका सामान र ई-लोडर बरामद
२०८३ असोज २४, शनिबार
सुन तस्करीमा चिनियाँ नयाँ समूह : २१ किलो ७५० ग्राम सुनसहित तीन जना बुढानीलकण्ठबाट पक्राउ
२०८३ असोज २४, शनिबार