बैसाख ८, २०८३ मंगलबार April 21, 2026

दलको आस्था नदेखाइ काम गर्न संसदीय समितिका सभापतिलाई सभामुखको निर्देशन

संसदीय समितिका सभापतिलाई सभामुखको निर्देशन-दलको आस्था नदेखाइ काम गर्नुहाेस्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । सभामुख डोलप्रसाद अर्याल संसदीय समितिका नवनिर्वाचित सभापतिहरूसँग भेट गरेका छन् । सभामुख अर्यालले प्रतिनिधि सभाका १० र संयुक्त २ गरी १२ वटा समितिका सभापतिसँग सामूहिक रूपमा भेट गरेका हुन् ।

भेटमा सभामुख अर्यालले मिनी संसद्को रूपमा रहने संसदीय समितिहरूलाई प्रभावकारी रूपमा अघि बढाउन सभापतिहरूलाई निर्देशन दिएको सभामुखको सचिवालयले जनाएको छ ।

दलीय प्रतिनिधित्व गरेर निर्वाचित भएतापनि समितिका कामकारबाहीमा दलको आस्था र प्रभाव नदेखाउन आग्रह गरे । संघीय संसद् सचिवालय र आफू सधैँ सहयोगका लागि तत्पर रहेको समेत बताए ।

समिति सभापतिहरूले पनि आफूहरूले प्राप्त गरेको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाए । पुराना असल अभ्यासहरूलाई निरन्तरता दिँदै नवीन ढङ्गबाट संसदीय मूल्य र मान्यतालाई आत्मसाथ गर्दै समितिका गतिविधिहरूलाई अघि बढाउने बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया