असार १०, २०८३ बुधबार June 24, 2026

पूर्वाधार निर्माणलाई गति दिन विमानस्थल राति सात घण्टा बन्द हुने

विमानस्थलको धावनमार्गको छेउमा रहेको ट्याक्सीवेमा निर्माण जारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, ८ वैशाखः पूर्वाधार निर्माणलाई थप गति दिन आगामी जेठ ४ गतेसम्म त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल दैनिक सात घण्टा बन्द हुने भएको छ ।

विमानस्थलको टर्मिनल व्यवस्थापन महाशाखा प्रमुख इन्दुराज अधिकारीका अनुसार ‘पेभमेन्ट कन्स्ट्रक्सन वर्क’ कार्यका लागि राति ११ः४५ देखि बिहान ६ः३० बजेसम्म विमानस्थलको उडान तथा अवतरण बन्द हुनेछ ।

विमानस्थलको धावनमार्गको छेउमा रहेको ट्याक्सीवेमा निर्माण जारी छ । सुरक्षाका दृष्टिकोणले रातको समयमा विमानस्थल पूर्ण रूपमा बन्द गरिन लागिएको हो ।

निर्माणलाई गति दिन विमानस्थल बन्द गरिने विमानस्थल कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ । सूचनाअनुसार विमानस्थल बन्द हुँदा त्यसबाट पर्न जाने असरलाई न्यूनीकरण गर्न आवश्यकताअनुसार उडान तथा अवतरणको कार्यतालिका निर्धारण गर्न हवाई सेवा प्रदायकलाई विमानस्थल कार्यालयले आग्रह गरेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रास्वपा महाधिवेशन : ९ मन्त्री केन्द्रीय सदस्यको चुनावी मैदानमा
२०८३ असार १०, बुधबार
विष्णु पौडेलको पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट, भोलि सुनुवाइ
२०८३ असार १०, बुधबार
प्रभावकारी सेवा प्रवाहका लागि नयाँ ढाँचा
२०८३ असार १०, बुधबार
इरान-अमेरिका सहमतिलाई गालिबफले भने ‘अमेरिकाको पराजय’
२०८३ असार १०, बुधबार
नयाँ क्रियाशील सदस्यता वितरणलाई प्रभावकारी बनाउँदै कांग्रेस
२०८३ असार १०, बुधबार
पनामालाई हराउँदै क्रोएसियाको नकआउट सम्भावना कायम
२०८३ असार १०, बुधबार
कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड
२०८३ असार १०, बुधबार