बैसाख ८, २०८३ मंगलबार April 21, 2026

सोलुखुम्बुमा पहिलोपटक जिपलाइन सञ्चालनमा

गाउँपालिका अध्यक्ष राईले उद्घाटन गर्नुभएको जिपलाइनमा वैशाख १ गते नयाँ वर्षको दिन परीक्षणका लागि सञ्चालनमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सल्लेरी (सोलुखुम्बु), ८ वैशाख ः जिल्लाको नेचासल्यान गाउँपालिका गौरीटापमा पहिलोपटक जिपलाइन सञ्चालनमा आएको छ । नेचासल्यान गाउँपालिकाले पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले समुद्री सतहभन्दा करिब तीन हजार मिटर उचाइमा अवस्थित पर्यटकीयस्थल पत्तालेको सिमाना गौरीटापमा जिपलाइन निर्माण गरी सञ्चालनमा ल्याएको हो ।

आन्तरिक तथा बाह्य पर्यटकलाई जिल्ला भित्र्याई नागरिकको आयआर्जनमा वृद्धि गर्न, छिमेकी जिल्ला र छिमेकी स्थानीय तहमा पर्यटन प्रवर्द्धनमा सघाउ पुर्याई ग्रामीण पर्यटनमा टेवा पुर्याउने उद्देश्यका साथ पर्यटकीय क्षेत्रको पूर्वाधार निर्माण गरिएको नेचासल्यान गाउँपालिकाका अध्यक्ष धनजन राईले जानकारी दिनुभयो ।

नेचासल्यान गाउँपालिकाको ८० लाख रुपैयाँ लागतमा साहसिक खेल जिपलाइन, साइक्लिङ, स्वीमिङ, क्लाम्बिङ र भ्यूप्वाइन्ट गरी पाँच प्रकारका मनोरञ्जनस्थल निर्माण गरिएको गाउँपालिकाका उपाध्यक्ष बिना राईले बताउनुभयो ।

योजना निर्माणका लागि कालिका निर्माण सेवासँग गाउँपालिकाले २०८२ साउन ११ गते सम्झौता गरेको नेचासल्यान गाउँपालिका पूर्वाधार विकास शाखाका इन्जिनियर सुजन शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार २०८२ चैतमा योजना सम्पन्न गर्ने लक्ष्यअनुसार योजना सम्पन्न गरी नयाँ वर्षको अवसर बनाएर यही २०८३ वैशाख १ गते गाउँपालिकालाई हस्तान्तरण गरी ५५० मिटर लम्बाइको जिपलाइन उद्घाटन गरिएको हो ।

गाउँपालिका अध्यक्ष राईले उद्घाटन गर्नुभएको जिपलाइनमा वैशाख १ गते नयाँ वर्षको दिन परीक्षणका लागि सञ्चालनमा ल्याएको थियो । सो दिन एक सय जना बढीले साहसिक खेल जिपलाइन खेलेर मनोरञ्जन लिएका थिए ।

नेचासल्यान गाउँपालिका–१ गौरीटाप र सोलुदुधकुण्ड नगरपालिका–८ पत्तालेको सिमानामा पर्ने गौरीटापमा निर्माण गरी वैशाख १ गतेदेखि सञ्चालनमा आएको जिपलाइनलाई नियमित रूपमा सञ्चालन गर्न ठेक्का आह्वान गरी आधिकारिक संस्थालाई जिम्मा दिने गाउँपालिकाले जनाएको छ ।

यसको कुल आम्दानीको ७० प्रतिशत स्थानीय तह र ३० प्रतिशत भेडिखोर सामुदायिक वनलाई रकम जाने गाउँपालिकाले जनाएको छ । सोलुखुम्बुको पत्ताले र गौरीटाप क्षेत्रबाट सगरमाथालगायत विभिन्न मनमोहक हिमशृंखला हेर्न वा देख्न सकिन्छ । पछिल्लो समय सो क्षेत्र पर्यटकीय ‘हब’ बन्दै गएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राज्यका निकायलाई सुदृढ बनाएर सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री
२०८३ बैसाख ८, मंगलबार
न्युजिल्यान्डका प्रधानमन्त्री लक्सनलाई पार्टीको पुनः समर्थन
२०८३ बैसाख ८, मंगलबार
विश्व बैंकको सहयोगमा निर्माणाधीन सडकमा ४३ प्रतिशत प्रगति
२०८३ बैसाख ८, मंगलबार
प्रतिनिधिसभा नियमावलीको मस्यौदा सभामुख समक्ष पेश (पूर्णपाठ)
२०८३ बैसाख ८, मंगलबार
सोलुखुम्बुमा पहिलोपटक जिपलाइन सञ्चालनमा
२०८३ बैसाख ८, मंगलबार
बर्डफ्लु नियन्त्रणका लागि सुनसरी प्रशासनको कडाइ
२०८३ बैसाख ८, मंगलबार
लुम्बिनी प्रदेशसभा बैठकः दलित अधिकारसम्बन्धी विधेयक पारित
२०८३ बैसाख ८, मंगलबार