बैसाख १०, २०८३ बिहिबार April 23, 2026

इजरायली गुप्तचर संस्था मोसादका एजेन्ट ‘मेम’ को मृत्युबारे गम्भीर खुलासा

दुर्घटनापछि ‘मेम’ को शव इजरायल लगेर अश्केलोनस्थित सैनिक समाधिस्थलमा सम्मानका साथ अन्त्येष्टि गरिएको थियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । इजरायलको गुप्तचर संस्था मोसादका एक एजेन्टबारे ठूलो खुलासा भएको छ । मोसाद प्रमुख डेविड बार्नियाले ‘मेम’ नामबाट चिनिने ती एजेन्टले इजरायलको सुरक्षा रणनीतिमा महत्वपूर्ण योगदान दिएका थिए । सन् २०२३ मे महिनामा इटालीमा डुंगा दुर्घटनामा परेर उनको मृत्यु भएको अहिले खुलासा भएको हो ।

टाइम्स अफ इजरायलमा प्रकाशित रिपोर्टका अनुसार उक्त एजेन्टको पहिचान सार्वजनिक नगरिए पनि उनलाई हिब्रु भाषाको पहिलो अक्षर ‘मेम’ बाट चिनिन्थ्यो । इटालीको माजियोरे तालमा भएको दुर्घटनामा चार जनाको ज्यान गएको थियो। त्यतिबेला इटालीका केही मिडियाले उनलाई ५० वर्षीय एरेज शिमोनी भनेर उल्लेख गरेका थिए, तर त्यो वास्तविक नाम नभएको बताइएको छ ।

मोसाद मुख्यालयमा आयोजित स्मरण कार्यक्रममा बार्नियाले ती एजेन्टको योगदानको प्रशंसा गर्दै भने- ‘उनी देशका लागि जीवन समर्पण गर्ने समर्पित र दक्ष अधिकारी थिए ।’ उनका अनुसार ‘रोअरिङ लायन’ नाम दिइएको अभियानमा ‘मेम’ को भूमिका अत्यन्तै महत्वपूर्ण थियो ।

उनले नेतृत्व गरेको अभियान सिर्जनात्मकता, चतुराइ र अत्याधुनिक प्रविधिको संयोजन भएको बताइएको छ, जसले इरानविरुद्ध इजरायलको रणनीतिक सफलतामा उल्लेखनीय योगदान पुर्‍याएको दाबी गरिएको छ ।

इटालीका सञ्चारमाध्यमका अनुसार दुर्घटनाको समयमा डुंगामा गोप्यचर एजेन्टहरूको बैठक चलिरहेको थियो। त्यहाँ रहेका २३ जनामध्ये १९ जना इजरायली र इटालियन गोप्यचर निकायसँग सम्बन्धित थिए ।

दुर्घटनापछि ‘मेम’ को शव इजरायल लगेर अश्केलोनस्थित सैनिक समाधिस्थलमा सम्मानका साथ अन्त्येष्टि गरिएको थियो। अन्त्येष्टिमा मोसादका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो ।

बार्नियाले अन्त्येष्टिमा उनलाई “मूल्यवान व्यक्तित्व, सच्चा साथी र देशप्रति निष्ठावान अधिकारी” का रूपमा सम्झिएका थिए। उनले ‘मेम’ ले आफ्नो सम्पूर्ण जीवन गोप्य सेवामा बिताएको र उनका धेरै योगदान अझै सार्वजनिक गर्न नसकिने बताएका थिए ।

यसैबीच, दुर्घटनामा संलग्न पर्यटकीय डुंगाका चालक क्लाउडियो कार्मिनाटीलाई यात्रुको मृत्युका लागि चार वर्ष कैद सजाय सुनाइएको छ । अनुसन्धानमा डुंगामा क्षमताभन्दा बढी यात्रु रहेको खुलेको थियो । दुर्घटनाका बेला डुंगा किनाराबाट करिब १०० मिटर टाढा रहेको बताइएको छ । एभरेष्ट न्यूज एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
म्यानचेस्टर सिटी प्रिमियर लिगमा शिर्ष स्थानमा उक्लियो
२०८३ बैसाख १०, बिहिबार
गगन-विश्व आलोक : नन्दकृष्ण जोशी
२०८३ बैसाख १०, बिहिबार
सेवा प्रवाहमा कुनै कमी कमजोरी नहुने गरी काम गर्नुपर्छः प्रहरी महानिरीक्षक
२०८३ बैसाख १०, बिहिबार
प्राथमिक उपचार तालिम : विपद् व्यवस्थापनमा सहयोग
२०८३ बैसाख १०, बिहिबार
पेट्रोलियम पदार्थको मूल्यवृद्धिको प्रभाव दरवाङ–मुना–ढोरपाटन निर्माणमा
२०८३ बैसाख १०, बिहिबार
इजरायली गुप्तचर संस्था मोसादका एजेन्ट ‘मेम’ को मृत्युबारे गम्भीर खुलासा
२०८३ बैसाख १०, बिहिबार
बाघखोरमा बाघको प्रतिमासहितको ‘पार्क’ निर्माण
२०८३ बैसाख १०, बिहिबार