मंग्सिर २, २०८३ बुधबार November 18, 2026

गाजा युद्धपछि पहिलो पटक मतदान अभ्यास गर्दै प्यालेस्टिनीहरु

सन् २००७ देखि हमासको नियन्त्रणमा रहेको गाजामा सन् २००६ को विधायी चुनावपछि हाल पहिलो पटक मतदान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

रामल्लाह, प्यालेस्टिनी क्षेत्रहरू, वैशाख १२ गते । गाजा युद्धपछि पहिलो पटक शनिबार वेस्ट बैङ्क र गाजाको मध्य क्षेत्रमा प्यालेस्टिनीहरूले स्थानिय चुनावमा मतदान गर्न लागेको जनाइएको छ । रामल्लाहस्थित केन्द्रीय निर्वाचन आयोगका अनुसार इजरायलको कब्जामा रहेको वेस्ट ब्याङ्कमा करिब १५ लाख र गाजाको देइर अल-बलाह क्षेत्रमा ७० हजार मतदाताहरु सुचिकृत भएका छन् ।

निर्वाचन आयोगका अनुसार मतदान केन्द्र बिहान सात बजे खोलिएको थियो भने वेलुका सात वजे वन्द हुने छन् । गाजा पट्टीको लगभग आधा भाग नियन्त्रण गर्ने फताहको कट्टर प्रतिद्वन्द्वी हमाससँग सम्बद्ध व्यक्ती मतदाता सुचिमा सूचीकृत नभएको जनाइएको छ । पछिल्लो समयमा प्यालेस्टिनी प्राधिकरणले भ्रष्टाचार, स्थिरता र घट्दो वैधतामाथि व्यापक आलोचनाको सामना गरिरहेको छ ।

सन् २००६ देखि कुनै राष्ट्रपति तथा विधायकी चुनाव नभएको कारण, यस क्षेत्रमा नगरपालिका परिषद् नै प्रशासन अन्तर्गतका काम गर्ने केही लोकतान्त्रिक संस्थाका रुपमा रहेका छन् । संयुक्त राष्ट्रसङ्घका संयोजक रमिज अलक्बारोभले निर्वाचन आयोगले लोकतान्त्रिक प्रक्रिया आयोजना गरी मतदानको वातावरण बनाएकोमा आयोगको खुलेर प्रशंसा गर्नु भएको छ ।

यस अघि विज्ञप्ति जारी गर्दै चुनावले प्यालेस्टिनीलाई चुनौतीपूर्ण अवधिमा आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्ने अवसर दिएको अलक्बारोभले बताउनु भएको थियो । सन् २०२३ अक्टोबरमा युद्ध सुरु भएपछि गाजाको विभिन्न भाग ध्वस्त पार्नुका साथै ७२ हजारभन्दा बढी मानिसको मृत्यु भएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सन् २००७ देखि हमासको नियन्त्रणमा रहेको गाजामा सन् २००६ को विधायी चुनावपछि हाल पहिलो पटक मतदान भइरहेको छ भने यस अघि इस्लामवादी आन्दोलन विजयी भएको थियो । कायरोको अल-अजहर विश्वविद्यालयका राजनीतिक वैज्ञानिक जमाल अल-फादीलाई उदृत गर्दै एएफपीलाई प्यालेस्टिनी प्राधिकरणले देइर अल-बलाहमा मात्र चुनाव गरिरहेको जनाएको छ ।

देइर अल-बलाहको जनसङ्ख्या विस्थापित नभएको कारण मत सर्वेक्षणका लागि यो क्षेत्र छानिएको फादीले बताउनु भएको छ । निर्वाचन आयोगले नागरिक समाज सङ्गठनबाट मतदान कर्मचारी भर्ती गरी मतदान केन्द्र सुरक्षित गर्न एक निजी सुरक्षा कम्पनी नियुक्त गरेको प्रवक्ता फरीद तामाल्लाहलाई उदृत गर्दै एएफपीले जनाएको छ । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया