काठमाडौँ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरण को अध्यक्ष तथा सदस्य र सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान गरेको छ।
आज प्रकाशित गोरखापत्र दैनिकमा प्रकाशित सूचनाअनुसार नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदमा एक जना र सदस्य पदमा चार जना नियुक्त गर्न आवेदन माग गरिएको हो। त्यस्तै, सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदका लागि पनि एक जना नियुक्त गरिने जनाइएको छ।
इच्छुक तथा योग्य उम्मेदवारले २०८३ साल असोज ५ गतेभित्र कार्यालय समयमा आवेदन दिन सक्ने मन्त्रालयले जनाएको छ। आवेदन फाराम, न्यूनतम योग्यता तथा आवश्यक कागजात सम्बन्धी विस्तृत जानकारी मन्त्रालयको वेबसाइटwww.mocit.gov.np मा उपलब्ध रहेको सूचनामा उल्लेख छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया