बैसाख २९, २०८३ मंगलबार May 12, 2026

पाकिस्तानमा तीन महिनामा ३७० जनाभन्दा बढी अफगान नागरिक मारिए : राष्ट्रसङ्घ

हताहतको प्रमुख कारण हवाई आक्रमण भएको भन्दै राष्ट्रसङ्घले अन्य हाताहात सीमापार गोलीबारीबाट भएको उल्लेख

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काबुल, वैशाख २९ गते । चालु वर्षको पहिलो तीन महिनामा सरकारी सेना र पाकिस्तानबिचको द्वन्द्वमा कम्तिमा ३७२ जना अफगान नागरिक मारिएको संयुक्त राष्ट्रसङ्घले मङ्गलबार जनाएको छ । सन् २०२१ मा तालिबान सत्तामा फर्किएपछि इस्लामाबाद र काबुलबिचको सम्बन्ध बिग्रिएको जनाइएको छ भने गत फेब्रुअरीमा पाकिस्तानका रक्षामन्त्रीले खुला युद्धको घोषणा गर्नु भएको थियो ।

इस्लामावादले अफगान तालिबान सरकारलाई आतङ्ककारीलाई आश्रय दिएको आरोप लगाएको छ । अफगान अधिकारीले पाकिस्तानले शत्रु समूहलाई शरण दिएको र आफ्नो सार्वभौमसत्तालाई सम्मान नगरेको आरोपलाई अस्वीकार गरेका छन् । अफगानिस्तानमा संयुक्त राष्ट्र सहायता मिसन (युएनएएमए)ले सन् २०२६ जनवरी-१ र मार्च  ३१ को बिचमा, अफगानिस्तानको सुरक्षा बल र पाकिस्तानी सैन्य बलबिच भएको सीमापार सशस्त्र हिंसामा ३७२ जना नागरिकको मृत्यु हुनुका साथै ३९७ घाइते भएको जनाएको छ ।

रिपोर्टको लिखित जवाफमा इस्लामाबादले यस वर्षको सुरु देखि १३० जना पाकिस्तानी नागरिक र सुरक्षाकर्मी मारिएको बताएको छ । पाकिस्तानको विदेश मन्त्रालयले इस्लामाबादका लागि काबुलका शीर्ष दूतलाई बोलाएर सप्ताहन्तमा १५ जनाको ज्यान गएको बताएको थियो जसमा अधिकांश प्रहरी अधिकारी थिए ।

अफगानिस्तान र पाकिस्तानबिच लामो समयदेखि चलिरहेको सीमापार झडप गत वर्षको अक्टोबरमा झनै चर्किएको थियो, जसमा दर्जनौँको मृत्यु भएको थियो । पछिल्लो तीन महिनाको आँकडा सन् २०११ देखि युएनएएमएद्वारा रेकर्ड गरिएको अवधिको सङ्ख्यामा सबै भन्दा बढी हो । रिपोर्टका अनुसार जनवरी १ देखि मार्च ३१ सम्म अफगानिस्तानमा १३ महिला, ४६ बालबालिका र ३१३ पुरुष मारिएका थिए ।

हताहतको प्रमुख कारण हवाई आक्रमण भएको भन्दै राष्ट्रसङ्घले अन्य हाताहात सीमापार गोलीबारीबाट भएको उल्लेख गर्दै एक जना अधिकार कर्मीकोसमेत मृत्यु भएको जनाएको छ । तालिबान सरकारले उक्त घटनामा ४०० भन्दा बढी सर्वसाधारणको मृत्यु भएको जनाएको छ । प्रतिवेदनमा समावेश गरिएको लिखित प्रतिक्रियामा पाकिस्तानले अस्पताल, लागुऔषध पुनः स्थापना केन्द्र वा नागरिक सुविधालाई लक्षित नगरि कारबाही आतङ्कवादी र सैन्य पूर्वाधारविरुद्ध मात्र निर्देशित भएको जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घको मिसनले अफगान अधिकारीलाई अस्पतालका भएको आक्रमणमा बेपत्ता भएका व्यक्तिको रेकर्ड सङ्कलन गर्न र उनीहरूका आफन्तलाई खोजीमा सहयोग गर्न आग्रह गरेको छ । युएनएएमएले लडाकु पक्षलाई स्वास्थ्य सुविधालाई लक्षित गर्न आवासिय क्षेत्रमा विस्पोट गर्नबाट टाढा रहि अन्तर्राष्ट्रिय कानुनको सम्मान गर्न आह्वान गरेको छ । बेइजिङका अनुसार अप्रिलको सुरुमा चिनमा भएको वार्तापछि पाकिस्तान र अफगानिस्तानले तनावबाट बच्न प्रतिबद्ध भएका छन् । रासस/एएफपी 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नागरिक लगानी कोष र लक्ष्मी सनराइज बैंकबीच अवकाश कोष व्यवस्थापन सम्झौता
२०८३ बैसाख २९, मंगलबार
पाकिस्तानमा तीन महिनामा ३७० जनाभन्दा बढी अफगान नागरिक मारिए : राष्ट्रसङ्घ
२०८३ बैसाख २९, मंगलबार
शून्य समयः विविध विषयमा सरकारको ध्यानाकर्षण
२०८३ बैसाख २९, मंगलबार
कुपोषण समाधानका लागि व्यवहार परिवर्तन आवश्यकः मुख्यमन्त्री यादव
२०८३ बैसाख २९, मंगलबार
नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट
२०८३ बैसाख २९, मंगलबार
एमाले संसदीय दलको उपनेतामा अर्याल मनोनीत
२०८३ बैसाख २९, मंगलबार
संविधान संशोधनका लागि सर्वपक्षीय सुझाव आयोग बनाउन आङ्देम्बेको माग
२०८३ बैसाख २९, मंगलबार