बैसाख २९, २०८३ मंगलबार May 12, 2026

हमासले गाजा युद्वका बन्दकमाथि चरम यौन हिंसा गरेको छ : इजरायली रिपोर्ट

बन्दक बनाएका विरुद्ध भएको यौन हिंसाको स्तर निर्धारण गर्न संयुक्त राष्ट्र सङ्घसहितका अनुसन्धान निकायमा आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

जेरुसेलम, वैशाख २९ गते । हमास र यसका सहयोगीले सन् २०२३ अक्टोबर-७ मा भएको आक्रमण पछि गाजामा बन्धक बनाएका बन्दक विरुद्ध चरम यौन हिंसा गरेको स्वतन्त्र इजरायली अनुसन्धान आयोगले मङ्गलबार जारी गरेको रिपोर्टमा उल्लेख गरेको छ ।

सन् २०२३ अक्टोबर-७ मा हमासद्वारा नियन्त्रणमा लिएका महिला र बालबालिका विरुद्ध गरेकोे अपराध सम्बन्धी नागरिक आयोगको प्रतिवेदनले गाजा पट्टीमा युद्धको क्रममा बन्दक बनाएका विरुद्ध भएको यौन हिंसाको स्तर निर्धारण गर्न संयुक्त राष्ट्र सङ्घसहितका अनुसन्धान निकायमा आग्रह गरेको छ ।

दुई वर्षको स्वतन्त्र अनुसन्धानपछि उक्त आयोगले यौन र लैङ्गिक हिंसा अक्टोबर ७ को आक्रमणपछि बन्दकका लागि अस्वस्थ अवस्था रहेको जनाएको छ । अपहरण, स्थानान्तरण र कैदको समयमा आक्रमणका स्थान र चरणमा, हमास र यसका सहयोगीले पीडित विरुद्ध यौन दुर्व्यवहार र यातना जारी राखेको प्रतिवेदनमा भनिएको छ ।

अन्वेषकले अनुसन्धानमा आवासीय समुदाय, नोभा सङ्गीत महोत्सव मैदान र वरपरका क्षेत्र, सडक र आश्रय, सैन्य प्रतिष्ठान, र पीडितको शवसहितका विभिन्न  सामग्री प्रयोग गरेको बताएका छन् । रिपोर्टले तथ्यात्मक दस्तावेजमा आधारित रहेको उल्लेख गर्दै यसमा साक्षीको अन्तर्वार्ता, फोटो, भिडियो, आधिकारिक रेकर्ड, र आक्रमण स्थलबाट अन्य प्राथमिक सामग्री समावेश रहेको प्रतिवेदनमा भनिएको छ ।

समग्रमा, आयोगले ४३० वटा भन्दा बढी औपचारिक र अनौपचारिक अन्तर्वार्ता, प्रशंसापत्र सत्र, र बचेका, साक्षी, फर्केका बन्धक, विशेषज्ञ र परिवारका सदस्यसँग छलफल गरेको बताएको छ । नागरिक आयोगको निष्कर्षले यी अपराध युद्ध अपराध, मानवताविरुद्धको अपराध, र अन्तर्राष्ट्रिय कानुन विरद्धका कार्य भएको औंल्याएको छ । हमासले भने सन् २०२३ देखि नै बारम्बार आरोपको अस्वीकार गर्दै आएको छ ।

यसैबिच इजरायलले लामो समयदेखि संयुक्त राष्ट्र सङ्घ र प्रमुख अन्तर्राष्ट्रिय मानव अधिकार सङ्गठनलाई सन् २०२३ अक्टोबर ७ को घटनापछि भएका यौन घटनासँग सजग नरहेको भन्दै यसको निन्दा गर्न ढिलो भएको आरोप लगाएको छ । रिहा गरिएका बन्धकको प्रत्यक्ष विवरणको आधारमा कैदको समयमा मिसन टोलीले स्पष्ट र विश्वस्त जानकारी दिँदै बलात्कार, यौन यातना, र क्रूर, अमानवीय व्यवहार भएको रिपोर्टमा उल्लेख गरेको छ । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
हमासले गाजा युद्वका बन्दकमाथि चरम यौन हिंसा गरेको छ : इजरायली रिपोर्ट
२०८३ बैसाख २९, मंगलबार
आईसीसी विश्वकप लिग २ क्रिकेट : स्कटल्याण्डसँग नेपाल २ रनले पराजित
२०८३ बैसाख २९, मंगलबार
नागरिक लगानी कोष र लक्ष्मी सनराइज बैंकबीच अवकाश कोष व्यवस्थापन सम्झौता
२०८३ बैसाख २९, मंगलबार
पाकिस्तानमा तीन महिनामा ३७० जनाभन्दा बढी अफगान नागरिक मारिए : राष्ट्रसङ्घ
२०८३ बैसाख २९, मंगलबार
शून्य समयः विविध विषयमा सरकारको ध्यानाकर्षण
२०८३ बैसाख २९, मंगलबार
कुपोषण समाधानका लागि व्यवहार परिवर्तन आवश्यकः मुख्यमन्त्री यादव
२०८३ बैसाख २९, मंगलबार
नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट
२०८३ बैसाख २९, मंगलबार