बैसाख ३०, २०८३ बुधबार May 13, 2026

प्रतिनिधिसभा बैठक बस्दै नीति तथा कार्यक्रम छलफल

चालु सदनको अधिवेशनमा आर्थिक वर्ष २०८३/ ८४ को बजेटसमेत प्रस्तुत हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, ३० वैशाखः प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दैछ । बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलले निरन्तरता पाउने जनाइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा सोमबार सरकारको नीति तथा कार्यक्रम वाचन गर्नुभएको थियो ।

सदनको मङ्गलबारको छलफलमा दलीय प्रतिनिधित्वका आधारमा सांसदहरूले नीति तथा कार्यक्रममाथि धारणा राख्नुभएको थियो । सदनको आजको सम्भावित कार्यसूचीअनुसार नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गरिने छ । चालु सदनको अधिवेशनमा आर्थिक वर्ष २०८३/ ८४ को बजेटसमेत प्रस्तुत हुनेछ ।

त्यसैगरी, राष्ट्रियसभाको बैठक पनि १२ः१५ बजे बस्दैछ । बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ हुने सम्भावित कार्यसूची रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया