बैसाख ३०, २०८३ बुधबार May 13, 2026

युक्रेनमा रूसी हवाई आक्रमण, आठ जनाको मृत्यु, ११ घाइते

रूसी सेनाले निप्रोपेट्रोभस्क क्षेत्रमा ५० वटा भन्दा बढी तोप तथा ड्रोन आक्रमण गर्दा पाँच जना घाइते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

किएभ, ३० वैशाख (रासस/क्युएनए) : युक्रेनको निप्रोपेट्रोभस्क क्षेत्रमा भएको रूसी आक्रमणमा परि आठ जनाको मृत्यु हुनुका साथै अन्य ११ जना घाइते भएको युक्रेनी अधिकारीहरूले बुधबार बताएका छन् ।

अधिकारीहरुका अनुसार रूसी सेनाले यस क्षेत्रमा करिब ३० वटा हवाई आक्रमण गर्दा उनीहरुको ज्यान गएको छ र अन्य घाइते भएका छन् भने धेरै आवासीय भवन तथा पूर्वाधार सुविधाहरूमा क्षति पुगेको छ ।

यस अघि अधिकारीहरुले रूसी सेनाले निप्रोपेट्रोभस्क क्षेत्रमा ५० वटा भन्दा बढी तोप तथा ड्रोन आक्रमण गर्दा पाँच जना घाइते भएको रिपोर्ट गरेको थियो ।

अनेकौ अन्तर्राष्ट्रिय प्रयासहरूका बीच सन् २०२२ फेब्रुअरी देखि सुरु भएको रूस–युक्रेन युद्धले हाल सम्म कुनै समाधानमा पुग्ने संकेत देखाएको छैन भने, निरन्तर सैन्य अपरेसनहरू र दुई पक्षहरू बीच आक्रमणको आदान–प्रदान भईरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया