असोज १४, २०८३ बुधबार September 30, 2026

कञ्चनपुरबाट १२ जुवाडे पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डाैंः कञ्चनपुरमा १२ जुवाडे पक्राउ परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका–१० गड्डाचौकीस्थित गोपाल कार्कीले सञ्चालन गरेको कार्की होटेल एण्ड लजमा जुवा खेल्दै गरेका १२ जनालाई प्रहरीले शुक्रबार राती पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा होटेल सञ्चालक ३८ वर्षीय गोपाल कार्की, भीमदत्त–११ का ५० वर्षीय पदम बोहरा, ६३ वर्षीय पदमसिंह खत्री, ४२ वर्षीय देवराज ओझा, ५६ वर्षीय कमल गुरुङ, ४८ वर्षीय करणसिंह सुनार रहेका छन्।

यस्तै, वडा नम्बर १० का नरेन्द्र सुनार, ३८ वर्षीय नन्दराज जोशी, ४९ वर्षीय दिल्लीराज जोशी, २५ वर्षीय दिपकराज जोशी रहेको प्रहरीले जनाएको छ। यसैगरी, वडा नम्बर ६ का ३८ वर्षीय शंकर पाण्डेय र वडा नम्बर ९ का ४० वर्षीय करनसिंह कार्कीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट ४५ हजार ६०० रुपैयाँ समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुलिस क्लबलाई लगातार दोस्रो जित, खैरा पञ्जाब ३-१ ले पराजित
२०८३ असोज १४, बुधबार
कांग्रेस महाधिवेशन तयारीमा जुट्यो देउवा समूह, ७७ जिल्लामा निर्वाचन अधिकृत
२०८३ असोज १४, बुधबार
विजय माझी पुरुष कायाक एकलको फाइनल चरणमा प्रवेश
२०८३ असोज १४, बुधबार
प्रधानमन्त्री राहत कोषमा १६ अर्ब १५ करोडभन्दा बढी मौज्दात
२०८३ असोज १४, बुधबार
लोककल्याणकारी विज्ञापनको दर निर्धारण वैज्ञानिक र विधिसम्मत : सञ्चारमन्त्री डा तिमिल्सिना
२०८३ असोज १४, बुधबार
गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ
२०८३ असोज १४, बुधबार
सभापति पराजुलीले लिए सभामुख समक्ष शपथ
२०८३ असोज १४, बुधबार